तलब माग्ने कर्मचारीलाई कुकुर लगाएर टोकाइयो



एजेन्सी ।

काम गरेपछि तलबको माग सबैले गर्छन् । तर भारतको जोधपुरस्थित एक रेष्ट्रेन्टमा काम गरे बापत तलब माग्दा एक युवकलाई ठूलै समस्या आइपर्‍यो ।

रेष्टुरेन्टमा काम गर्ने ती युवकले महिना पुगेपछि तलब माग्दा रेष्टुरेन्ट मालिकले उल्टै कुकुरलाई आक्रमण गर्न लगाएका छन् । कल्याण सिंह नाम गरेका ती युववकले आफ्नो पारीश्रमीक मागेपछि मालिकले रिसाउदै आफ्रले पालेको कुकुरलाई टोक्न लगाएका हुन् । कुकुरको टोकाइबाट घाइते भएका कल्याणको उपचार भइरहेको छ ।

अघिल्लो महिनाको समेत तलब नपाएपछि बाध्य भएर तलब माग्नु परेको कल्याणले बताएा छन् । रेष्टुरेन्ट मालिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्