प्रहरीको अगाडि पादेको अभियोगमा ६८ हजार जरिवाना



एजेन्सी ।

अष्ट्रियामा प्रहरीको अगाडि पादेको अभियोगमा एक जना युवकलाई पक्राउ गरिएको छ ।

चेकजाँच गर्ने क्रममा पादेपछि प्रहरीले ती युवकलाई पक्राउ गरेको हो । ठूलो आवाज आउनेगरी प्रहरीलाई गिज्ज्याएर पादेको अभियोगमा उनलाई ५ सय युरो जरिवाना गरिएको छ ।

भियनास्थित एक पार्कमा बसिरहेको बेला गस्तीमा रहेको प्रहरीले ती युवकसंँग परिचयपत्र माग्यो । बेन्चमा बसिरहेको ती युवक उठ्दा एक्कासी ठूलो स्वरमा पादेको आवाज सुनियो । त्यसपछि प्रहरीको नियन्त्रणमा रहेका उनलाई ५ सय युरो (करिब ६८ हजार रुपैयाँ) जरिवाना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्