डीन नियुक्त वरिष्ठताका आधारमा सच्याउन डा. केसीको माग



न्युज अफ नेपाल, काठमाडौँ ।

त्रिभुवन विश्व विद्यालय अन्र्तगत चिचिकित्सा शाश्त्र अध्ययन संस्थानमा वरिष्ठताको आधार लत्याएर डिन नियुक्ति भएकोमा तत्काल त्यसलाई सच्याएर अन्य खाली पदमा तत्काल वरिष्ठताका आधारमा पदाधिकारीहरु नियुक्ति गर्न डा.गोविन्द केसीले माग अघि सार्नुभएको छ ।

स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागि हामी लामो समयदेखि संघर्षरत छौं । हामीले यो अभियानको शुरुआती चरणदेखि नै सार्वजनिक स्वास्थ्य र शिक्षण संस्थाहरुमा व्याप्त चरम् राजनीतिकरण र दलीय भागवण्डा रोक्न संघर्ष गरिरहेका छौं ।

यसपल्ट पनि वरिष्ठताकै आधारमा डिनलगायतका पदाधिकारीहरु नियुक्त हुनुपर्छ भनेर हामीले बारम्बार सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउँदै आएका हौं । त्यसको बाबजुद वरिष्ठताको आधार लत्याएर डिन नियुक्ति भएकोमा तत्काल त्यसलाई सच्याएर अन्य खाली पदमा तत्काल वरिष्ठताका आधारमा पदाधिकारीहरु नियुक्ति गर्न हामीले सरकारसित माग राख्दै आएका छौं । अहिलेसम्म उक्त मागको सुनुवाइ नभएकाले तत्काल त्यसलाई पूरा गर्न, पदाधिकारी नियुक्तिसम्बन्धी पराशर कोइराला समितिको प्रतिवेदन कार्यान्वयन गर्न तथा हामीसित सम्झौता भए बमोजिम चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न सरकारको ध्यानाकर्षण गराउँछौं ।

साथै चिकित्सा शिक्षा ऐनको नियमावली निर्माणका बेला स्नातकोत्तर तहका सिट बाँडफाँटमा भएको चलखेलप्रति हाम्रो गम्भीर आपत्ति छ । राज्यले सबै चिकित्सकप्रति विनाभेदभाव व्यवहार गर्नुपर्दछ । साथै सबै किसिमका चिकित्सकले सेवा प्रवाहमा दिएको योगदानको राज्यले उचित मुल्यांकन गर्नुपर्दछ । त्यसैले चिकित्सा शिक्षा आयोगले सिफारिश गरे बमोजिम सिट बाँडफाँट हुने गरी सो विषय टुंग्याउन तथा नियमावलीका अन्य बुँदाहरुमा चलखेल नगरी त्यसलाई टुंग्याएर कार्यान्वयनमा लैजान पनि माग गर्दर्छौं ।

यस अगाडि लकडाउनको समयमा यातायात सेवा सुचारु नहुन्जेलका लागि सरकारी गाडीहरुमा बिरामीलाई अस्पताल ल्याउने विशेष व्यवस्था गर्न सरकारसँग हामीले बारम्बार आग्रह गरिरहेका थियौं । अझै पनि देशका धेरै ठाउँमा यातायात सुचारु नभएकाले त्यस्तो व्यवस्था गर्न माग गर्दछौं । डा.केसीले बाजुराको मार्तडिबाट जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्