प्रचण्ड निवासमा खनाल,नेपाल र गौतमबीच गोप्य बैठक चल्दै



न्युज अफ नेपाल,काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक कलह गम्भीर मोडमा पुगेको छ । शनिबार पार्टीका शीर्ष नेताहरु सघन छलफलमा जुटेका छन् ।

एकैसाथ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवासमा छलफलमा गरिरहेका छन् भने अर्का अध्यक्ष प्रचण्ड नेकपाकै झलनाथ खनाल, माधव नेपाल,बामदेव गौतम लगायतका नेताहरुसंग खुमलटारस्थित आफ्नै निवासमा छलफलमा जुटेका छन् ।

शनिबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक थप छलफल र सहमतिका प्रयासका लागि भन्दै सोमबारका लागि सारिएको छ।यस्तै आज साझ ७ बजेै प्रधानमन्त्री ओलीले मन्त्रीहरू र राज्यमन्त्रीहरूलाई अनौपचारिक छलफलका लागि बालुवाटार बोलाएका छन्।

प्रतिक्रिया दिनुहोस्