प्यूठानमा रोकिराखेको ट्याक्टर चलाउँदा दुर्घटना,एकजनाको मृत्यु



सलिम अन्सारी, प्युठान।

प्यूठानको नौबहिनी गाउँपालिका वडा नंवर ७ सुरदिपमा रोकेर राखिएको आफ्नै ट्याक्टर चलाउदा शनिबार दिउँसो एकजनाको ज्यान गएको छ। सडकमा रोकेर राखिएको लु।२ त ५८२६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्ट साहु समेत रहेका स्थानिय रेकम कुवरको छोरा १५ बर्षीया प्रकाश कुवरको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले बताए।

उनका अनुसार प्रकाशले क्लोज प्लेट चलाउने क्रममा एक्कासी ट्याक्टर गुडेपछी सो दुर्घटना भएको हो।ट्याक्टर सडकको छेउबाट झन्डै एक सय ५० मिटर तल खसेको छ । सडकको किनारमा राखिएको ट्याक्टर प्रकाशले चलाउँदा दुर्घटना भएको प्रहरीले बताएको हो।

सो ट्याक्टर स्थानिय नेपाल आधारभुत स्वास्थ्य केन्द्र गोगनपानीको निर्माणाधीन भवनमा आवास्यक सामाग्री बोक्न प्रयोग गरिदै आएको थियो। शनिबार बिहान मात्रै चुनढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा प्यूठानमा दुई जनाको घटनास्थलमै ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्