झण्डा हटाएको भन्दै गोली प्रहार



वासिंगटन,(एजेन्सी)

अमेरिकाको ओक्लोहामा राज्यमा एक व्यक्तिको आँगनमा राखिएको नाजी झण्डा हटाउने एक अमेरिकी महिला माथि गाली प्रहार भएको छ । गार्फिल्ड काउनिट प्हरी कार्यालयले नजिकै एउटा पार्टीमा सहभागी भएर फर्कने क्रममा ती महिलाले अलेक्जान्डर फिस्टर नामक व्यक्तिको घरमा राखिएका नाजकिा दुई वटा मध्ये एउटा झण्डा निकालेर फ्याकेकी थिइन् ।

४४ वर्षिय फिस्टरले भाग्दै गरेकी ति नाम नखुलाइएकी २६ वर्षिया महिलाको ढाडमा अर्धस्वचालित राइफलबाट गोली हानेका थिए । प्रहरीले फिस्टरलाई पक्राउ गरेको छ भने ति महिलाको अस्पतालमा उपचार भइरहेको छ ।

आइतवार बिहान सवेरै भएको सो घटना पछि ति महिलालाई चार वटा गोली लागेको अवस्थामा एउटा खाडलमा फेला पारिएको थियो । हत्या प्रयासको उद्देश्यले घातक हतियार प्योग गरेको अभियोग लगाइएका फिस्टरलाई ९ जुलाईमा अदालतमा पेश गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्