सखुवानन्कारट्टी गाउँपालिकामा करोडौंको लगानीमा पुल निर्माण



सुभेन्द्र दास,लहान ।

सिरहाको सुखुवान्नकारकट्टी गाउँपालिकामा करोडौको लगानीमा पुल निर्माण भएको छ । ४ करोड ९२ लाखको कुल लागतमा पुल निर्माण भएको गाउँपालिका अध्यक्ष केदारनाथ यादबले जानकारी दिनुभयो । आ।ब। २०७४÷०७५ को अन्तिम तिर सम्झौता भएको सो योजनाको काम आ।ब। २०७५ ÷०७६ देखी संचालन भएको अध्यक्ष यादबले बताए ।

सम्झौता भएको निर्धारित समयमै योजनाको काम सम्पन्न हुने लक्ष्य राखिएको उनले दाबी गरे । गाउँपालिकाको सम्पुर्ण लगानीमा २५ मिटर लम्बाई र ७।२ मिटर चौडाई पुल निर्माण गर्न अजय बामती जेबी कन्ट्रक्शनले ठेक्का लिएको थियो । ठेक्का कम्पनी संग चालु आ।ब।को आसार २५ गते भित्र सम्झौता सम्पन्न गर्ने समय निर्धारण गरेको गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत राजिब झाले बताएका छन ।

पुल निर्माणको ५ प्रतिशत काम गर्न मात्र बाँकी रहेकोले ठेकेदारले जोरतोर रुपमा काम आगाडी बढाईरहेको भन्दै अध्यक्ष यादबले भने – अहिले बर्षाको समयमा सो रोडमा आम नागरिकलाई आबत जाबत गर्न कठीनाई भैरहेको छ , छिट्टै नै त्यो समस्या दिर्घकालिन रुपमा सामाधान हुनेछ ।’

हामी पहल गरिरहेका छै ।’ गाउँपालिका बासीलाई नआत्तिन उनले उनले आग्रह गरे । एक आ।ब। मा संचालन हुने बिकासीय बजेटको करिब ५० प्रतिशत रकम सो पुल निर्माणका लागी लगानी गरेको गाउँपालिका अध्यक्ष यादबले बताएका छन ।

पुल निर्माण भएपछी बथनाहा, बेतहा, मौवाही, महेशवारी, दिनाजपुर, मोतिपुर, मल्हनमा सितापुर , नबराजपुर गरी एक दर्जन भन्दा बढी गाउँका मानिसहरुलाई सुबिधा हुने भएको छ । त्यस्तै श्री जनता नमूना प्राबिधिक धार बिद्यालय मौवाहीमा अध्यननरत बिधार्थीहरुलाई पनी आबत जाबत गर्न सहज हुने एक जना बिधार्थी संजिद यादवले बताउनु भयो ।

सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर – १ मा पर्ने पुल निर्माणाधिन रहेको ठाउँ कल्याणदही कटनिया नदी भनेर चिनिरहेको मैवाहीका बुढापाखाहरु बताउँछन । २५ हात गहिरो ठाउँमा पहिला मान्छे एक्लै जान समेत डर लाग्ने गरेको थियो । पुल निर्माण भैरहेको रहेको सो ठाउँमा किसानको जग्गा धेरै नै कटनीया नदिले कटान गरेको उनिहरुले बताए ।

बालुवा नै बालुवा टापु रहेको सो ठाउँमा पुल निर्माण भएपछी स्थानियहरु हर्षित भएको छ । सदियौ देखि कटनिया नदिले गर्दा सो गाउँका स्थानियहरुलाई गन्तब्य सम्म पुग्न सास्ती भोग्नु परेको थियो , पुल निर्माण कार्य सम्पन्न भएपछी स्थानियहरुले एक ठाउँवाट अर्को ठाउँमा जान सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्