उपत्यकाको ट्राफिक ब्यवस्था प्रबिधिमैत्री बनाउछौँ : एसएसपी ढकाल



भूपराज बस्याल, काठमाडौं।

छोटो समयमै महानगरको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट सफलता हासिल गर्नुभएका काठमाडौं महानगरीय ट्राफिक प्रमुख भीमप्रसाद ढकालले काठमाडौको ट्राफिक ब्यबस्था प्रबिधिमैत्री बनाउने बताउनुभएको छ ।

काठमाडौ उपत्यकामा सुरक्षित, मर्यादित, व्यवस्थित र प्रविधियुक्त सवारी व्यवस्थापनमा अब्बल सावित हुनुभएका उहाँले १० महिने कार्य अवधिमा ट्राफिक व्यवस्थापनमा दर्जनौं उत्कृष्ट सफल काम गरेर उदारणीय ट्राफिक प्रहरी अधिकृतको रुपमा आफूलाई प्रमाणित गरिसक्नु भएको छ ।

पछिल्लो समय उपत्यकाको ट्राफिक ब्यबस्थापनमा ठूलो समस्या रहेकामा यसलाई प्रबिधिमैत्री बनाउन लागि परेको उहाँले बताउनुभयो । महाशाखा आए लगत्तै ट्राफिक ब्यबस्थालाई प्रविधिमैत्री बनाउन लागि पर्नुभएका ढकालले हालसम्म काठमाडौका १८ स्थानमा ट्राफिक लाइट जडानगरी काम गर्नुभएको छ भने १७ ठाउँमा सिसि क्यामेरा मार्फत ट्राफिक निगरानी गर्ने सुरुमा गर्नुभएको छ ।

उहाँले धेरै ठाउँमा ट्राफिक लाइट जडानगर्ने र सिसि क्यामेराबाट निगरानी गर्ने कामलाई तीव्रता दिइएको उहाँले जानकारी दिनुभयो । सीसी क्यामेरा नभएको ठाउँमा सीसी क्यामेरा जडान गरिका गाडी मार्फत निगरानी गर्ने तयारी गरेको बताउदै अब छिट्टै नै सवारी नियम उल्लघन गर्नेको घरमा रसिद पुग्ने र जरिवाना पनि घरबाट बुझाउन सक्ने प्रबिधिको बिकास गर्न लागेको उहाँले बताउनुभयो ।

चिनियाँ राष्ट्रपति सि जिङ्ग पिङको सवारी सुरक्षामा आफ्नो कार्यकुशलता देखाई सक्नुभएको उहाँले हाल कोरोना भाइरस कोभिड १९ कोे लकडाउन अवधिमा पनि आफ्नो उत्कृष्ट कार्यकुशलता देखाई सक्नुभएको छ । यो लकडाउन अवधिमा सवारी पासको दुरुपयोग गर्ने ३हजार ४ सय ६९ सवारीसाधनलाई कारबाही गरेको ढकालले बताउनुभयो ।

उहाँले भन्नुभयो– कहिले डुब्लिकेट पास त कहिले मिति परिवर्तन गरिएका पास त कहिले जुन कामको लागि पास लिइएको हो त्यो भन्दा अन्य कामको लागि प्रयोग गरिएको पाइएको हुँदा त्यस्ता सवारी साधनलाई कारबाही गरिएको हो । यसका अलावा लकडाउन अवधिभर लकडाउन उलंघनगर्ने एक लाख चार हजार पाँच सय चौतिस सवारीसाधनलाई कारबाही गरिएको उहाँले जानकारी दिनुभयो ।

सवारीसाधनलाई कारबाही मात्रै होइन यो अवधिमा आपतमा परेका नागरिकको सेवामा समेत २४ सै घण्टा खटिनु भएका उहाँले लकडाउनका कारण आपतमा परेका आठ हजार २३ जनालाई सहजीकरण गरेको जानकारी दिनुभयो ।

कोरोना भाइरसबाट जनतालाई जोगाउन विभिन्न जनचेतनामूलक कार्यक्रम समेत गर्नु भएका उहाँले उपत्यकामा एक सय त्रिपन्न ठाउँमा ट्राफिक पोस्ट , ४६ ठाउँमा संयुक्त पोष्ट र यस बाहेक रातीको लागि मात्रै उन्चालीस ठाउँमा चेक पोस्ट राखेको जानकारी दिदैं कोरोना भाइसको उच्चसतर्कताका लागि सबै क्षेत्रलाई सजक बनाइएको उहाँले जानकारी दिनुभयो ।

सार्वजनिक सवारी साधनमा जेष्ठ नागरिक तथा विद्यार्थीले पाउने छुट आरक्षण सिट अनुगमन गर्न आफै खटिनुभएका ढकालले आरक्षण सिट अनुगमन टोलीले ३ सय २५ वटा सवारी साधन अनुगमन गरी १ सय १५ लाई कारवाही गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्