शिक्षा राज्यको दायित्व भएकोले बन्दाबन्दीको समयमा शुल्क लिनु गलत



यमलाल भुसाल,बुटवल ।

अखिल क्रान्तिकारी लुम्बिनी क्षेत्रीय समन्वय समितिले आयोजना गरेको कोरोना संकट र शुल्क असुली बिषयक अन्तरक्रियामा वोल्ने वक्ताहरुले शिक्षा राज्यको दायित्व भएकाले बन्दाबन्दीको समयमा शुल्क लिनु गलत भएको ठहर गरेका छन् ।अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव प्रकाश शाहीले शिक्षा राज्यसत्ताको प्रश्नसँग जोडिएको भन्दै सत्ताको खराब चरित्र विरुद्ध संघर्षको विकल्प नभएको बताउँनु भयो ।

उहाँले अनलाइन शिक्षाको नाममा विद्यार्थी र अभिभावकसँग शुल्क अशुल्ने कार्य गलत र अमानवीय कार्य भएको भन्दै त्यसका विरुद्ध संगठनले कडा सङ्घर्ष गर्ने चेतावनी दिनु भयो ।अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले संविधानमा शिक्षालाई निशुल्क र अनिवार्य समेत घोषणा गरेपनि उनीहरुले नै संविधानलाई उलङ्घन गरेको बताउँदै शिक्षाजस्तो बिषयलाई कम्पनी रजिष्टार्ड कार्यालयमा दर्ता गरेर नाफामूलक बनाउनु गलत भएको बताउनु भयो ।

अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विकले संगठनले पूर्वघोषित संघर्षको कार्यक्रम अनुसार कोरोना संकट र शुल्क असुलीको समस्याबारे सरोकारवालासँग छलफल चलाएको भन्दै संघर्षलाई सहयोग गर्न अपील गर्नु भयो ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार लोकनाथ उपाध्याय, प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, एनप्याब्सनका रुपन्देही अध्यक्ष पुरुषोत्तम बस्याल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेल, उपाध्यक्ष दिनेश भुसाल, युवा संगठन नेपालका लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषण,अखिल नेपाल लेखक संघका महासचिव खोमा तरामु मगर लगायतले शिक्षाप्रति राज्य उदासिन भएको, बजेटले निजी शिक्षाको समस्या समाधान गर्न नसकेको, गुनासो राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्