खोकनावासी र प्रहरीबीच झडप हुँदा ४ प्रहरी घाइते, एकको अवस्था गम्भीर



न्युज अफ नेपाल, काठमाडौँ ।

तराइ मधेश द्रुतमार्गको जेरो किलोमिटर खोकना खुडोल खण्डमा खोकनाबासी र प्रहरीबीच झडप भएको छ ।

झडपमा परी ४ जना प्रहरी भाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ । झडपमा प्रहरीले १५ सय राउन्ड अश्रुग्यास प्रहार गरको छ ।

बिहानैदेखि स्थानीयवासी बाजा गाजासहित बाक्लो संख्यामा विरोध प्रदर्शनमा उत्रीएका थिए । सरकारविरुद्ध प्रदर्शन जनाउँदै स्थानीयले खेतमा धान रोप्नुको साथसाथै बाझो खेतमा समेत रोपाइ सुरु गरेका थिए । स्थानीय विरोधमा उत्रीएसँगै त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्