तराइ–मधेश द्रुतमार्गको खोकना खण्डमा स्थानीयको विरोध प्रदर्शन जारी (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

तराइ मधेश द्रुतमार्गको जेरो किलोमिटर खोकना खुडोल खण्डमा खोकनाबासीले विरोध प्रदर्शन गरेका छन् ।

बिहानैदेखि स्थानीयवासी बाजा गाजासहित बाक्लो संख्यामा विरोध प्रदर्शनमा उत्रीएका छन् । सरकारविरुद्ध प्रदर्शन जनाउँदै स्थानीयले खेतमा धान रोप्नुको साथसाथै बाझो खेतमा समेत रोपाइ सुरु गरेका छन् । स्थानीय विरोधमा उत्रीएसँगै त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

त्यहाँको स्थिती हेर्दा झडप हुने सम्भावना देखिएको छ ।

तस्वीर : सुरेश मार्फा

प्रतिक्रिया दिनुहोस्