भोलिदेखि सार्वजनिक सवारी साधन सञ्चालन गरिने



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोलीदेखि उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।

लकडाउनको मारमा परेका व्यवसायीलाई आर्थिक संकट परेपछि सो निर्णय लिनुपरेको महासंघले जनाएको छ । लकडाउनमा सरकारले व्यवसायी र मजदुरप्रति आफ्नो दायीत्व पूरा नगरेको र आफूहरु आर्थिक संकटसँग जुध्न बाध्य भएको उनीहरुले बताएका छन् । यातायात सञ्चालनका लागि सरकारसँग छलफल गर्दा कुनै टुङ्गो नलागेपछि व्यवसायी आफैँले यो निर्णय लिएका हुन् ।

कामकाज ठप्प भएपछि बैंक, सहकारीको किस्ता तिर्न र दैनिक गुजारा चलाउन समेत समस्या भएको व्यवसायीको भनाइ छ । यस्तै, ट्याक्सी व्यवसायीहरुले पनि भोलीबाटै सेवा सुरु गर्ने भएका छन् । सार्वजनिक सवारी सञ्चालन गर्न नदिएको अवस्थामा सरकारले निजी सवारीलाई भने सञ्चालनमा रोक लगाएको छैन ।

प्रतिक्रिया दिनुहोस्