बोत्स्वानामा ३ सय ५० हात्तीको मृत्यु, कारण अज्ञात



ओकावांगो डेल्टा (एजेन्सी)
अफ्रिकी देश बोत्स्वानामा विगत दुई महिनामा ३ सय ५० भन्दा धरै हात्तीको रहस्यमय मृत्यु भएको बताइएछ ।
देशको उत्तरी भागमा पर्ने ओकावांगो डेल्टामा हात्ती मर्ने क्रम जारी छ । अफ्रिका सबैभन्दा धेरै हात्ती पाउने महादेश हो । हालै मात्र भुउपग्रहबाट लिएका तस्विरबाट उक्त तथ्यको खुलासा भएको हो । दुई महिना भन्दा धरै समय बितिसक्दा पनि मृत्युको ठोस कारण पत्ता लगाउन सकेको छैन ।
हातीहरुको रहस्यमय मृत्युको पहिलो घटना मेमा भेटिएको थियो । त्यसपछि लगातार मृत्यु हुने क्रम जारी रह्यो र जुनको अन्त्यसम्ममा यो संख्या ३ सय ५० नाघेको हो । यसअघि जिम्बावेमा सिकारीहरुले जनावरलाई साइनाइड विषादी दिएको घटना बाहिर आएको थियो ।
सन् २०१८ मा पनि बोत्स्वानामा ९० हात्तीको शव प्राप्त भएको थियो । यसमा धेरैको दन्तका लागि हत्या गरिएको थियो ।
बेलायतका नेसनल पार्क रेस्क्युका आरक्षण निर्देशक डाक्टर नियाल म्याकेनका अनुसार हात्तीको मृत्यु ब्यापक स्तरमा भइरहेको छ । यसअघि यस प्रकारका घटना भएको थिएन । सुखाका कारण होइन भने यिनीहरुको मृत्यु अन्य कारणले भएको हो भन्ने मलाई लाग्दैन ।
उनका सहयोगीले मेको सुरुवाट देखि अहिलेसम्म ओकावांगो डेल्टामा ३ सय ५० भन्दा धेरै मृत हात्तीको पहिचान गरिसकेको नियालले बताए । सरकारले प्रयोगशालामा जाँच गराएको छ तर अहिलेसम्म नतिजा आएको छैन ।
यस घटनाबाट मानवलाई खतरा नहुन सक्छ वा मानवबाटै कुनै प्रकारको संक्रमण फैलिएको हो , होइन निक्र्योल गर्न हात्तीहरुको जाँचका लागि वैज्ञानिकहरुले आग्रह गरेका छन् ।
स्थानियहरुका अनुसार हात्तीहरु एक बृत्तमा घुम्ने गरेको देखिएको थियो । उनीहरुलाई देख्दा या त ब्याक्टेरिया भाइरसका कारण यिनीहरुको मानसिक स्थिति विग्रेको हो वा शरीरमा विषादी परेको हुन सक्ने स्थानियले बताए ।
केही हात्तीको एकै छिनमा मृत्यु भएको देखिन्छ किनभने ती हात्तीको मुख जमिनमा धस्सिएको देखिएको नियालले बताए । केहीको भने हलचल गर्न सक्ने अवस्थामा विस्तारै भएको देखिन्छ । यो कस्तो खालको विषले भएको हो भन्न कठिन छ ।
वोत्सवाना वन्यजन्तु विभागका कार्यकारी निर्देशक डाक्टर सिरिल ताओलोले आफु हात्तीहरुको मृत्युका बारेमा थाहा भएको र ३ सय ५० मध्य २ सय ८० को पुष्टी पनि भइसकेको गार्जियनलाई बताए । हामी अन्य जनावरको अवस्था पनि जान्न खोजिरहेका छौं । कोविड १९ का कारण जाँचमा ढिलाई भइरहेको छ , किनभने नमुना विश्लेषका लागि अन्य देशमा पठाइएको छ ,
बोत्स्वानाको ओकावांगो डल्टा दलदल र बाक्लो जंगल क्षेत्र हो । अफ्रिकाको सबैभन्दा धेरै हात्ती यहीँ पाइन्छ । यो क्षेत्र सेतो र कालो गैंडाका लागि पनि चिरपरिचित छ । यहाँ करिब १५ हजार हात्ती छन् । बोत्स्वाना वन्यजन्तु जगतमा पर्यटकहरुका लागि विशेष आकर्षक स्थल हो । देशको कुल गार्हस्थ उत्पादनको १२ प्रतिशत यसै क्षेत्रबाट आउँछ ।

प्रतिक्रिया दिनुहोस्