सन्तान पुड्को हुनबाट जोगाउने उपाय



न्युज अफ नेपाल, काठमाडौँ ।

विशवभरको जनसंख्या अनुसार २ दशमलव ५ प्रतिशत बच्चा पुड्कोपनको सस्यासंग जुधिरहेका छन् ।

विभिन्न अध्ययन हरुले जनाए अनुसार पछिल्लो समय पुड्कोपन बढ्नुको मुख्य कारण हो खानपान । मासिहरुको व्यस्त जीवनशैलीले गर्दा बच्चाहरुलाई पर्याप्त समय दिननसक्दा यस समस्याले झनै ठूलो रुप लिइरहेको छ । घरमा पाहुना आउँदा होस् या बच्चालाई खाजा खुवाउदा धेरै जसो मानिसले छिटो छरितो बाह्यि खाना अर्थात जङ्कफुड रोज्ने गर्दछ्न । सानैदेखि बच्चालाई जङ्कफुड खुवाउने बानि लगाउदा उनीहरु घरमा बनाउको स्वास्थ्यवर्दक खाना खान रुचाउँदैनन् । यसले बच्चाहहरुमा पुड्कोपनको समस्या मात्र नभएर स्वास्थ्यमा समस्या समेत आउने गर्दछ ।

जङ्कफुडमा शरीरलाई हानि गर्ने विभिन्न किसिमका खाद्यवस्तु मिसाइएको हुन्छ । जसमा मानिसको शरीरलाई चाहिने पर्याप्त पोषण हुदैन । विश्व स्वास्थ सङ्गठनले निर्धारण गरेको मापदण्ड अनुसार औसत बच्चाहरु जन्मदा ४५ देखि ५० सेन्टिमिटर सम्मको रहने गर्दछन् । एक वर्षभित्र बच्चाको उचाई २५ सेन्टिमिरसम्म बढ्नु पर्छ । २ वर्षमा १२ सेन्टिमिटर बढ्ने तथा त्यसपछिका ३ बर्ष हरेक बर्ष ७ देखि ९ सेन्टिमिटर उचाइ बढ्नुपर्छ ।

पुड्कोपन कम गर्न सकिने उपाय :

१. गर्भवती अवस्थादेखि नै नियमित गर्भजाँच गराउनुपर्छ ।

२. गर्भाअवस्थामा आइरन, क्याल्सियम चक्किलगाएत पोषिलो खानाको मात्रा बढाउनुपर्छ ।

३. गर्भवस्थामा हुँदा रिसाउने, कराउने, टेन्सन लिने गर्नु हुदौ ।

४. गर्भवती अवस्थामा रहेका महिलालाई खुसी र शान्त राख्नु पर्छ ।

५. शिशु जन्मीएपछि लगाइने सबै खोपहरु नछुटाइ लगाउनुपर्छ ।

६. शिशुको उचित स्याहार गर्ने, कम्तीमा ६ महिनासम्म आमाको दुधको मात्र खसवाउने गर्नुपर्छ

७. बच्चालाई पौष्टिक खानेकुरा जस्तै, कोदो, फापर, गहुँ वा चामलको लेदो, दाल र हरीयो सागसब्जी, पाकेका फलफुल खुवाउने ।

८.बच्चा साथसागै आमालाई षौष्टिक खानेकुरा खुवाउनुपर्छ ।

९. सकेसम्म बच्चालाई जङुकफुडबाट टाढै राख्ने

प्रतिक्रिया दिनुहोस्