गाउँ आउने सडक भत्किएपछि



सीताराम अधिकारी, धादिङ ।

उत्तरी धादिङको नेत्रावती डबजोङ गाउँपालिकाले जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ दामगाडेमा सडक मर्मत गरेको छ ।

न्यून बजेट भएको गाउँपलिकाले आफ्नो सिमाना भन्दा १५ किलोमिटर टाढा रहेको मध्य निलकण्ठ नगरपालिकाको क्षेत्रमा समेत सडक मर्मत गरेर गाउँमा खाद्यान्न, औषधी र कृषि सामाग्री ढुवानी गर्नु पर्ने अवस्था आएको नेत्रावती डबजोङ गाउँपालिकाका गाउँपालिका अध्यक्ष दुर्गा नारायण शाक्यले जानकारी दिनुभयो ।

साङकोष तिप्लिङ सडक खण्ड अन्तर्गत रहेको दामगाडे क्षेत्रमा नीलकण्ठ नगरपालिकाले नै सडक मर्मत गर्नु पर्ने भएपनि अन्य पालिकातर्फ सडक जाने भएकोले नगरपालिकाको बेवास्ताका कारण आफूहरु मर्मत गर्न बाध्य भएको नेत्रावती डबजोङ गाउँपलिका स्वास्थ्य संंयोजक कृष्ण पौडेलले बताउनुभयो ।

साङकोष तिप्लिङ सडक सो क्षेत्र गत वर्ष एक ठेकेदार कम्पनीले मर्मत गरेको थियो मर्मत गरेको एक वर्ष नपुग्दै सडकमा सवारी साधन गुडाउन नै नहुनेगरि विग्रिएपछि गाउँपलिका अध्यक्ष दुर्गाकुमार शाक्य, प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण पौडेल सडक मर्मत गर्न आफैँ नगरपालिकाको मध्यभाग आइपुग्नु भएको थियो ।

नेत्रावती डबजोङ, खनियाबास, रुबीभ्याली क्षेत्रको मुख्य सडक धादिङबेसी तिप्लिङ सडक भएकोले सडक विग्रीएपछि यस क्षेत्रका नागरिकले वर्ष लागेपछि दुख पाएको र वर्षमा अति आवस्यक सामान समेत लान नपाएका कारण सडक मर्मत गर्नु पर्ने अवस्थामा पालिकाले जनताको लागि काम गरेको दुर्गाकुमार शाक्यले जानकारी दिनुभयो ।

कोरोना भाइरसको महामारी भएको बेला गाउँ क्षेत्रमा देश बाहिरबाट आएका नागरिकलाई सुरक्षित साथ गाउँ लैजानु अत्यावस्यक छ । गाउँक्षेत्रमा कुनै नागरिक विरामी भएभने उनिहरुलाई जिल्ला सदरमुकाम र थप उपचारका लागि काठमाण्डौसम्म लाने सडक समेत यहि क्षेत्र भएकोले नियमित रुपमा साङ कोष तिप्लिङ सडक संचालन गर्नु आवस्यक रहेको गाउँपलिका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण पौडेलले बताउनुभएको छ ।

नीलकण्ठ नगरपालिकाको वडा नम्बर १३ समेत जान नसक्नेगरि बन्द भएको यो सडक मर्मत गर्न माथिल्ला गाउँपालिकाहरुले नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानालाई आग्रह गर्दा आफ्नो पालिकालाई सो सडक मर्मत गर्न आवस्यक नभएको भन्ने उत्तर दिएका कारण जनताका लागि सुविधा दिन गाउँपालिका आफैँले छिमेकी पालिकामा बाटो मर्मत गर्न आएको शाक्यको भनाइ छ ।

कोरोना भाइरसको महामारीका कारण भारतमा रोजगारी गुमाएकाहरुलाई दिन गाउँपालिका अध्यक्ष आफैँ सिमा क्षेत्रसम्म सवारी साधन लिएर पुगेर नागरिक उद्धार गरेर चर्चामा आएका शाक्य जनतालाई सेवा दिन गाउँपालिकाको भूगो भन्दा बाहिर गएर समेत सेव ागर्ने उदाहरण बनेको जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले बताउनुभयो । नेपाल सडम मर्मत गरिएको स्थानमा पुगेर राम्रो काम गर्न सुझाव दिनुभएको थियो ।

करिब १० लाख खर्च गरेर छिमेकी नगरपालिकामा सडक मर्मत गरेपछि स्यावासी पाएका शाक्य उत्साही हुँदै जनताका लागि आफू सँधै काममा लागि रहने बताउनुभयो ।

नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गानालाई पटक पटक नेपाली काग्रेसका मानिस प्रवेश गराउन लागि परेको आरोप लाग्दै आएको छ । ढुङ्गानाले पार्टी प्रवेश गरेपछि मात्र विकासका योजना लाने गरेकोले यो क्षेत्रको सडक मर्मतमा ध्यान नदिएको नीलकण्ड नगरपालिका वडा नम्बर १२ र १३ का नागरिकहरुले गुनासो गरेका छन् ।

यस वर्ष निलकण्ठ नगरपालिकाले १ अर्ब १ करोड ८ लाख १ हजार ४ सय ३ रुपौयाँ र नेत्रावती डवजोङ गाउपालिकाले ५० करोड ५ लाख ५५ हजार ८ सय ७४ रुपौयाँ बजेट बिनियोजन गरेको छ ।

गत वर्ष ज्वालामूखी गाउँपालिकाको सिमाना क्षेत्रकमो सडक समेत नीलकण्ठ नगरपालिकाले काम नगर्दा ज्वालामूखी गाउँपालिकाले ७५ लाख खर्च गरेर निलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकामा सडक मर्मत गरेको ज्वालानेमूखी गाउँपालिकाका अध्यक्ष विनोद तिमल्सीनाले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्