परपुरुषसँग लसपस गर्न लकडाउन तोडियो



लन्डन, (एजेन्सी)

दुईजना विवाहित पुरुषसँग यौन सम्पर्क राख्नकै लागि कोरोना भाइरसको कारण लागू गरिएको लकडाउन तोड्ने एक बेलायती महिलाले आफ्नो कार्यप्रति कुनै पछुतो वा आत्मग्लानी नभएको स्पष्ट पारेकी छन् ।

साथै ३२ वर्षीया क्लेयरले लामो समयसम्म मानिसहरूलाई जोडी विहीन पारेर छोड्नु राम्रो कुरा नभएको वकालतसमेत गरेकी छन् ।

उनले भनेकी छिन्– ‘हामीलाई सामाजिक दूरी पालना गर्न भनिएको कुरा मलाई पनि थाहा छ । लाखौैं व्यक्तिले सबै कुरा त्यागेर त्यो नियम पालना गरेर बसेका छन् । तर मैले आफ्नो यौन भोक सम्हाल्नै सकिनँ । मलाई शारीरिक सम्पर्कको आवश्यकता थियो ।’

भिपुलमा एउटा पसलमा काम गर्ने उनले लकडाउनको पहिलो महिना त कतै नगई बिताएकी थिइन् । उनलाई बेलायतमा संक्रमणकै कारण हजारौंको मृत्यु भइसक्दा पनि डर लागेको छैन । यौन सम्पर्कमै प्रतिबन्ध लगाउनेजस्तो सरकारी नीतिको आलोचना गर्दै उनले फेरिफेरि पनि लकडाउन तोड्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्