बलिउड प्रख्यात कोरियोग्राफर सरोज खानको मृत्यु



काठमाडौँ ।

बलिउड प्रख्यात कोरियोग्राफर सरोज खानको कार्डियक अरेस्टको कारण मृत्यु भएको छ । बलिउड कोरियोग्राफर सरोज खान १७ जुन मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना भएकी थिइन।

सास फेर्ने समस्यामा भर्ना भएका सरोज खान शुक्रबार बिहान करीब २ बजे मुत्यु भएको हो । खाजलाई गम्भीर मधुमेह सम्बन्धि रोग थियो।

उनी ७२ वर्षकी थिइन। उनका परिवारमा उनका पति बी. सोहनलाल, छोरा हमीद खान, छोरीहरू हिना खान र सुक्याना खान रहेका छन्।

उनको कोरोनाभाइरसको परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्