चट्याङ लागेर दुईभाई घाईते



न्युज अफ नेपाल, प्यूठान।

प्यूठानमा चट्याङ लागेर दुई जना घाईते भएका छन । झरी सँगै परेको चट्याङ लागेर गौमुखी गाउँपालिका वडा नंवर ३ ढाड्खोली बस्ने ४३ बर्षीया कुल बहादुर सुनार र उनका भाइ ३७ बर्षीया लक्षमण सुनार घाईते भएका हुन।

शुक्रबार बिहान २ बजेको समयमा उनिहरु घरमै सुतिरहेको बेला चट्याङ परेको थियो। घाईते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याईएकोे जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

त्यस्तै,चट्याङले राम्दिखोर बस्ने जनेपरियारको गोठमा रहेको एउटाभैसी समेत मरेको खबर छ।

प्रतिक्रिया दिनुहोस्