साम्राज्ञीविरुद्ध भुवन केसीले दिए उजुरी



न्युज अफ नेपाल,काठमाडौं । अभिनेता भुवन केसीले आफूमाथि यौन दुर्ब्यवहारको झुटो आरोप लगाएको भन्दै छानबिनको माग गर्दै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबिरुद्ध चलचित्र कलाकार संघमा उजुरी दिएका छन् ।

उनले बिहीबार कलाकार संघमा आफ्नो चरित्र हत्या भएको र झुटा आरोप लगाइएको भन्दै उजुरी दिएका हुन् ।कही दिनयता उनीहरुबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोपाके श्रृंखला चलिरहेको छ ।

‘सामाजिक सञ्जालमा अभिनेत्री साम्राज्ञीले म विरुद्ध विभिन्न आक्षेप, आरोपहरु लगाई मनगढन्ते र निराधार चरित्र हत्या हुने किसिमका कुराहरू व्यक्त गरेको देखिएकाले सो सम्बन्धमा आवश्यक छानविन गर्नका लागि संघको आजिवन सदस्य भएकाले निवेदन गरेको छु,’उजुरी पत्रमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्