राजेश हमालद्वारा ‘हाम्रो नमस्ते’को शुरुवात



न्युज अफ नेपाल,काठमाडौं ।

नेपाली रजतपटको दुनियाँमा एकछत्र राज गरेका महानायक राजेश हमालले विपदको बेलामा आफ्नो घर फर्किरहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई दुई हात जोडी नमस्ते गरेर स्वागत गर्न सबैमा आव्हान गरेका छन् ।

कोरोना भाइरसको सन्त्रासले विश्व नै त्रसित भैरहेको अहिलेको अवस्थामा हजारौंको संख्यामा विदेशमा रहेका नेपालीहरु सुरक्षित हुने आशाका साथ आफ्नै घर फर्किरहेका छन् । यसरी फर्किरहेका नेपालीहरुलाई विभेदपूर्ण व्यवहार नगर्न अनुरोध छ उन्को र उनले भनेका छन् “ढोका उभिएको छ जोडेर यही हात, नमस्ते गर्दै बारम्बार गरिरहन्छ स्वागत, जब घर बसालने मनमा आउँछ कुरा एकताद्धारा मात्र हुनेछ सो सपना पूरा ” ।

यतिमात्र नभई उनले कोभिड १९ लाई लक्षित गरेर आफ्नो हात सफा राख्न र परिवारको लागि स्वच्छ मन राख्न पनि आग्रह गरेका छन् । युनिसेफ नेपाल र युनिलिभर नेपालको सहकार्यमा संचालित हाम्रो नमस्ते अभियानका सद्भावना दूत महानायक राजेश हमाल रहेका छन् । उन्को यो सहभागीता र आव्हानले नेपालीहरुमा आपसी भाइचारा, सद्भाव र सह्रृदयताको भावना संचार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

यतिखेर हामी सबै अनिश्चितता र चुनौतीसँग जुधिरेहका छौं र यसबाट पार पाउन हामी सबैले सबैलाई हार्दिकता व्यक्र गर्नु पर्दछ । ऐक्यबद्धताको लागि जुट्ने यो समयमा आउनुहोस्, घर फर्किएका आप्रवासी कामदारहरुको पक्षमा एक भएर उनीहरुको हौसला बढाऔं ।

राजेश हमालको आव्हान तल भिडियोमा हेर्नुहोस्…

प्रतिक्रिया दिनुहोस्