प्रधानमन्त्रीको राजिनामा रोक्न राष्ट्रपतिको भगिरथ प्रयास

प्रचण्ड र राष्ट्रपतिबीच भेटवार्ता



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहल र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिए लगतै राष्ट्रपति निवास पुग्नुभएको छ ।

यस अघि बिहान प्रधानमन्त्री शर्मा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको हो । भेटवार्तामा भएको कुराकानी अनुसार राष्ट्रपति भण्डारीले प्रचण्डलाई मिलेर जाने आग्रह गने बुझिएको छ ।

बिहीवारको स्थायी कमिटी वैठक रोकेर छलफलमा जुटेका ओली प्रचण्डको भेट सकिएको हो। प्रचण्ड केही समयअघि मात्रै भेट सकेर निस्किनुभएको छ ।प्रचण्ड शीतल निवास आइपुगेको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्