अहिले प्रधानमन्त्री ओलीको राजिनामा माग्ने बेला होइनः मन्त्री ढुंगेल



न्युज अफ नेपाल, काठमाडौं ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपा रामेछापका सह–इन्चार्ज कैलाश ढुंगेलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने बेला नभएको बताउनुभएको छ । ओली नेतृत्वको सरकारले ऐतिहासिक काम भएको बताउदै उहाँले प्रधानमन्त्रीको अहिले विकल्प खोज्ने बेला नभएको बताउनुभएको हो ।
‘देश, पार्टी र नेपाली जनताका निम्ति प्रधानमन्त्रीको राजिनामा माग्ने विषय सान्र्दभिक हुन सक्दैन’,मन्त्री ढुंगेलले न्युज अफ नेपालसँग भन्नुभयो,‘भारतसँग भूमि फिर्ता ल्याउन एकताबद्ध भएर लाग्नु पर्ने बेला पार्टीभित्रबाट राजिनामा माग्नु जनमत विपरीतको माग हो ।’

राष्ट्रियतको मुद्दामा ओली नेतृत्वको सरकारले अहिलेसम्मकै ऐतिहाक निर्णय गरेको बताउदै मन्त्री ढुंगेलले अहिलेको सरकारलाई थप बलियो र मजुबद्ध बनाएर अगाडि बढनु पर्नेमा जोड दिनुभयो । ‘राजनीतिक स्थायित्व र देशलाई समृद्ध बनाउन नेकपालाई जनताले दुई तिहाई बहुमत दिएका हुन’,उहाँले भन्नुभयो,‘पार्टीभित्र केही विवाद छन, ती विवादको समाधान संवादबाट खोज्नु पर्छ, असम्भव मानिएको पार्टी एकता सम्भव बनाउने अध्यक्षद्धयले नै अहिलेको समस्याको समधान खोज्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्