पहिरोमा परी ११० जना भन्दा बढीको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।
भारी वर्षाका कारण म्यान्मारको कचिन प्रान्तमा पहिरोमा परी एक सय दश भन्दा बढीको ज्यान गएको छ । बिहिवार विहान गएको पहिरोमा परी कैयौँ मजदुरहरु बेपत्ता भएको जनाईएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार उक्त घटना हुँदा २५० फिट माथि मजदुरहरु काम गरिरहेका थिए । त्यहाँको प्रशासनले दुई सय बढीको ज्यान गएको आशंका गरेको छ ।

उक्त क्षेत्रमा एक हप्ताअघिदेखि भारी मात्रामा पानी परिरहेको थियो । भारी वर्षाकै कारण उद्धार कार्यमा मुस्किल परिरहेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्