अवतरण गर्ने क्रममा निगमको जहाजमा चरा ठोक्कियो



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किएको छ । कुवेतबाट आएको ए ३३० कलसाइनको एयरबसमा आज विहान ८ बजेतिर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोकिएको हो ।

जहाजमा चरा ठोकिँदा मानीवय क्षति नभएपनि जहाज ग्राउन्डेड भएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । निगमको इन्जिनियरिङ विभागले क्षतिबारे अध्ययन गरिरहेकाले मर्मत गरी पुनः उडान गर्न केही दिन लाग्ने उहाँले बताउनुभयो ।

नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘हामीले अहिले ३३० जहाजमार्फत् विदेशबाट यात्रु ल्याइरहेका छौं । यो जहाज ग्राउन्डेड भएपछि उडान तालिका केही प्रभावित हुन्छ । तथापि, हामीसँग ३३० अर्को पनि जहाज भएको हुँदा उडान तालिका मिलाउन सकिन्छ । रियादलगायतका २र३ उडान प्रभावित हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्