कोरोना संक्रमित भेटिएको चापागाउँका बस्ती सिल



न्युज अफ नेपाल, काठमाडौं ।
ललितपुरको गोदावरी नगरपालिका–११ का ६६ वर्षिय पुरुषमा कोरोना संक्रमण भएपछि स्थानीय प्रशासनले चापागाउँ पूर्ण रुपमा बन्द गरिएको छ । गोदावरी नगरपालिकाले बिहिवारदेश चापागाउँ पूर्ण रुपमा बन्द गरिएको हो ।

नगरप्रमुख गजेन्द्र महर्जनले कोरोनाको संक्रमण वडामा भेटिएकोले सम्पूर्ण वडा सहित नगरबासीलाई सुरक्षाको लागि परिक्षण बढाउँदै संक्रमित देखिएको स्थान बन्द गरेको बताउनुभयो ।

उहाँले संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरुको टे«सिङ भईरहेको र परिक्षण समेत भईरहेकोले संक्रमित भेटिएको स्थान बन्द गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले वडा–१० को कार्यालयदेखि वडा–११ झ्यालिपाटीसम्म बन्द गरेको बताउनुभयो । वडाबासीलाई नगरपालिकाले अत्यावध्यक काम बाहेक बाहिर ननिस्कन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्