स्थायी कमिटी बैठक स्थगितः ओली–प्रचण्डबीच वार्ता हुँदै



तस्वीरः सुर्य थापाको फेसबुकबाट

न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ । बैठक स्थगित गरेर पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ताको तयारी भइरहेको छ । केहीबेर बसेर स्थगित भएको बैठकपछि वालुवाटारमा दुई अध्यक्षबीच वार्ता हुन लागेको छ ।
नेकपा स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । आन्तरिक विवाद चुलिदै जादा यता आज नै प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्को बैठक बोलाएर संसद अधिवेशन स्थगित गर्न सिफारिस गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्