सुनको मूल्य घट्यो



काठमाडौं ।

बिहीबार सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९० हजार ५६५ रुपैयाँ रहेको छ । चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर ९५० रुपैयाँमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्