ओली निकट नेतालाई प्रचण्डले भने ‘गल्ती भो’



न्युज अफ नेपाल, काठमाडौं ।
पार्टीभित्र एक्कसी प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाको माग उठेसँग सत्तारुढ दल नेकपाभित्र चहलच आएको छ । पार्टीभित्र प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आ–आफ्नो अडान पारित गराउन समुहगत छलफलमा जुटेका छन् । दुवै पक्षका नेताहरु पार्टीभित्र आफ्नो पकड बलियो बनाउन लविङमा जुटेका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बुधवार वालुवाटारमा आफू निकट स्थायी समिति र मन्त्रीहरुसँग परामर्श गरे लगत्तै साँझ प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समुहको झम्सीखेलमा छुट्टै भेला भएको थियो ।

स्थायी समितिका सदस्यहरुको छलफलमा प्रचण्डको भनाई उदृत गर्दै एक स्थायी समिति सदस्यले भने,‘ ‘मेरो कमजोरी भनेको मैले राखेका अडानहरू छोड्नु हो। मैले विगतमा भएका सहमति र अडान छोडें। तर प्रधानमन्त्री ओलीले पार्टीमा एकाधिकार गर्नुभयो। मेरो अपमान भयो ।’
त्यसैगरी आज प्रचण्डले खुमलटारमा स्थायी समिति सदस्यहरुलाई बोलाएर निवासमै छलफल गर्नुभएको छ । स्थायी समितिका सदस्यहरुले पार्टीलाई विभाजित गर्न नहुनेमा जोड दिएको प्रचण्डको सचिवालयले बताएको छ । नेकपाका स्थायी समिति सदस्य हरिबोल गजुरलले पार्टीको विवादलाई समाधान गरेर लैजानु पर्नेमा आफूले सुझाव दिएको बताउदै पार्टी विभाजन गर्ने बाटोमा अगाडि नबढन आग्रह गरेको बताउनुभयो ।
छलफलमा ओली पक्षका बिष्णु पौडल, ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल, सुवास नेम्वाङ र प्रदीप ज्ञवाली लगायत प्रचण्ड पक्षका नेताहरुको पनि सहभागीता रहेको थियो ।,

प्रतिक्रिया दिनुहोस्