रुसमा राष्ट्रपति पुटिनको कार्यकाल लम्याउने जनमत संग्रह पुरा



मस्को (एजेन्सी)
रुसमा संविधान संशोधनका लागि गरिएको जनमत संग्रह बुधबार सम्पन्न भएको छ । यो ७ दिन सम्म चलेको थियो । कोरोना संकटका कारण पहिलो पटक रुसमा कुनै मतदानलाई यति धरै समय लागेको हो । यद्यपी मतदान अनलाईन भएको हो ।
करिब ६० प्रतिशतले मतदान गरेका छन् । रुसका जनताले राष्ट्रपति भ्लादिमिर पुटिनलाई सन् २०३६ सम्म पदमा रहिरहन दिने वा नदिने मुद्दामा मतदान गरेको हो । जनमत संग्रहको नतिजा आएका आएको छैन तर सरकारी एजेन्सी वत्सोमको सर्वेक्षणले पुटिनको सत्ता विस्तार समर्थन प्राप्त हुने जनाएको छ । सर्वेक्षण अनुसार ७६ प्रतिशतले संविधान संशोधनको समर्थन गरेको छ ।
जनमत संग्रहको वास्तविक नतिजा त्यसरी नै आएमा पुटिनको मौजुदा कार्यकालपछि ६ – ६ बर्षका लागि दुई पटक राष्ट्रपति हुने छ । उनको मौजुदा कार्यकाल २०१४ मा समाप्त हुनेछ । पुटिनले भने – हामी त्यो देशका लागि मतदान गरिरहेका छौं, जसको लागि हामी गरिरहेका छौं र जसलाई हामी आफनो बच्चा र नाती नातिनीहरुलाई सुम्पन चाहन्छौं ।
पुटिनले गत जनवरीमा संविधान संशोधनको प्रस्ताव ल्याएका थिए । त्यसको लगत्तै पुटिनको निर्देशनमा प्रधानमन्त्री दिमित्री मेदवेदेवले राजिनामा दिएका थिए । पुटिनले कम राजनितिक अनुभव बोकेका मिखाइल मिसुस्टिनलाई प्रधानमन्त्री बनाएका थिए ।
सन् २००८ मा राष्ट्रपति चुनावमा विपक्षी नेता एलेक्सेइ नावालनीले मन्त्रीहरुको भ्रष्टाचारको मामिला उजागर गर्दै पुटिनलाई चुनौती दिइरहेका थिए । चुनाव आयोगले नावालनीलाई एक मामिलामा दोषी ठहर्याउँदै उनको उम्मेदवारीमा रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्