शरीरमा माइक्रोचिप लगाउन बाध्य पार्न नसक्ने विधेयक पारित



क्यालिफोर्निया (एजेन्सी)
अमेरिकाको मिसिगन राज्यको संसदले कम्पनीले आफ्ना कर्मचारीको शरीरमा माइक्रोचिप लगाउन बाध्य पार्न नसक्ने एक विधेयक पारित गरेको छ ।
सन् २०१७ मा कम्पनीले एक निति लागु गर्दै कर्मचारीको शरीरमा आरएफआईडी माइक्रोचिप लगाउन भनिएको थियो । उक्त चिपको सहयोगबाट कर्मचारी आएपछि कार्यालयको प्रवेशद्वार आफै खुल्ने, कम्प्युटर खुल्ने र क्यान्टिनको खाजा लिएमा त्यसको भुक्तानी पनि आफै हुने सुविधा हुनेछ । विशेष गरी यो चिपको माध्यमबाट कम्पनीले कर्मचारीको गतिविधिहरुमा निगरानी गर्न सकिने बताइएको छ ।
यद्यपी कम्पनीको यो निति स्वच्छामा आधारित थियो । तर कम्पनीका कर्मचारीमा यो चिप लगाउनका लागि बाध्य पार्न सक्ने त्रास थियो । यो विधेयक पारित भएपछि कर्मचारीलाई बाध्य पार्नु कम्पनीका लािग गैर कानुनी हुने छ ।
यद्यपी विेधेय पारित भएपछि कानुन बन्न अमेरिकी सिनेटबाट पनि पारित हुनु पर्ने छ । यसको तयारी भइसकेकोछ । क्यालिफोर्निया, अरकान्सस, मिसौरी सहित १० राज्यमा यो विधेयक पहिल्यै पारित भइसकेको छ ।
यो नयाँ प्रविधिको प्रयोगले कर्मचारीको निजिताको उलंघन हुने सम्भावना बढ्ने मिसिगनको संसदको प्रतिनिधि ब्रोना कलले आशंका ब्यक्त गरेका छन् ।
तर यो नयाँ प्रविधिको प्रयोग गर्ने कम्पनी एम ३२ का सीईओ टेड वेस्टबीका अनुसार यस चिपमा कर्मचारीको विजेनेस कार्ड, मेडिकल इन्फोरमेसन र बैंकको जानकारी भन्डार गर्न सकिनेछ । यसलाई सार्वजनिक यातायात, एटीएम कार्ड र पासपोर्टका रुपमा प्रयोग गर्न सकिने छ । यसले तपाईको कार्ड, पासपोर्ट जस्ता अत्यावशेक बस्तुहरु हराउने सम्भावना पनि रहँदैन ।
चामलको दाना जत्रो यो चिपको मुल्य करिब ४० डलर पर्छ । यसलो हातमा सल्यक्रियाको माध्यमबा जडान गरिन्छ । यो लगाएपछि हातको इसाराले ढोका खोल्ने, कम्प्युटर तथा अन्य डिजिटल मेसिनहरु सन्चालन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्