सलह, सडक सुरक्षा र कोरोना भाइरस सम्बन्धमा सरकारी चासो



न्युज अफ नेपाल, पाल्पा ।

जिल्लामा केही दिन यता सलह कीराको प्रकोप, वर्षातका कारण सडक अवरोध, कोरोना भाइरस आदी प्राकृतिक र दैविक विपत्तिहरु वढदै गएको चिन्ता र चासो व्यक्त हुन थालेको छ ।

यसै विषयमा केन्द्रित रहेर जिल्ला विपद व्यवस्थापन समिति पाल्पाको वैठकले यस्ता विपतहरुको सामना गर्नका लागि विविध निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष रमेश न्यौपाने अध्यक्षतामा वसेको वैठकले पाल्पा जिल्लामा सलह किराले कृषि वालीमा पार्न सक्ने प्रकोप तथा जोखिम न्युनिकरका लागि कृषि ज्ञान केन्द्रका प्रमुख शिव प्रसाद अर्यालको संयोजकत्वमा, सुन्तलाजात फलफूल विकास केन्द्र, प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना, जिल्ला प्रशासन कार्यलय, जिल्ला, जिल्ला समन्वय समिति र पत्रकार महासंघ,पाल्पाबाट समेत पदाधिकारी सदस्य रहने गरि ६ जनाको कार्य समिति गठन गर्ने निर्णय गरेको छ ।

जसका लागि सरकारी मापदण्ड भित्र रही स्प्रेयर र विषादीको प्रयोग कृषि सम्वन्धि कार्य गर्ने कार्यलयले गर्ने, कृषक तथा नागरिकलाई वलिनालिको सुरक्षाको लागि स्थनीय संचार माध्यमबाट प्रचार प्रसार गर्ने निर्णय भएको छ ।

सडक सुरक्षा सम्वन्धमा वैठकले वर्षाको कारण राजमार्गमा हुन सक्ने अवरोध हटाउन सडक डिभिजन कार्यालय लगायत तथा अन्य सम्बद्ध निकायसँग समन्वय गरी जनशक्ति तथा मेशिनरी औजार तैयारी अवस्थामा राख्ने र आवश्यकताको आधारमा परिचालन गर्ने, साथै राजमार्ग तथा सडक विपद् तयारी तथा सुधारको लागि डिभिजन सडक कार्यालयले कार्ययोजना तयार गरि ७ दिन भित्र जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने निर्णय भएको छ ।

विकास निर्माणका कार्य सम्वन्धमा वैठकले विकास निर्माणका कार्य गर्दा “पुननिर्माण कार्य गर्दा कोभिड १९ संक्रमण जोखिम न्यूनीकरणको लागि पालना गर्नुपर्ने मापदण्ड २०७७” अनुरुप स्वास्थ्य तथा सुरक्षाका विधि अपनायर कार्य गर्ने र गराउने निर्णय गरेको छ ।

विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना व्यवस्थापन कार्यमा स्थानीय तहले गरेको अग्रणी भूमिकाप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीले पु¥याउनु भएको सहयोग र समन्वयप्रति समेत धन्यवाद प्रदान गर्ने निर्णय गरिएको कार्यालयका प्रशासकीय अधिकृत यज्ञश्वर पन्थीले जानकारी दिनु भयो ।

उक्त वैठकमा प्रदेश सरकारका सदस्य,जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय विषयगत कार्यालयका प्रमुख लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्