प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाए



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ । बैठकमा भारतसँगको सीमा विवाद, एमसीसी, प्रधानमन्त्रीको राजीनामा लगाएतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले ओलीले पधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्