स्टोक्स पहिलोपटक कप्तान बन्दै



लन्डन, (एजेन्सी)

बेन स्टोक्स पहिलोपटक इंग्ल्यान्ड क्रिकेट टिमका कप्तान बन्ने भएका छन् । आगामी साता वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा नियमित कप्तान जोए रूट नखेल्ने भएपछि स्टोक्स कप्तान बन्न लागेका हुन् । २९ वर्षीय रूटले बुधबार टे«निङ क्याम्प छाड्नेछन् ।

यसै साता बच्चा जन्माउन लागेकी उनकी श्रीमतीलाई साथ दिनका लागि अस्पतालमा उपस्थित हुन उनले टेस्ट गुमाउने भएका हुन् । पहिलो टेस्ट ८ जुलाईदेखि शुरू हुँदै छ ।

इंग्ल्यान्डका कोच क्रिस सिल्भरवुडले स्टोक्सबारे बताए– ‘उनले अगाडिबाट नेतृत्व गर्छन् । उनी वरपर मान्छेहरूलाई सचेत गर्छ । त्यसैले मलाई लाग्छ उनले रूटीको अनुपस्थितमा महान् काम गर्नेछन् ।

तर वास्तवमा उनले पहिलोपटक इंग्ल्यान्डको क्याप्टेनिङ गर्दै छन् । उनले गरेको नेतृत्व चाखलाग्दो हुनेछ । उनी आक्रमक भए पनि उनमा राम्रो क्रिकेट दिमाग पनि बराबरी छ ।’

दोस्रो टेस्ट १६ जुलाईमा ओल्ड ट्राफोर्डमा शुरू हुनुअघि नियमित क्याप्टेन रूट १३ जुलाईमा टोलीमा संलग्न हुनेछन् । रूटको अनुपस्थितिमा स्टोक्सले बुधबारदेखि साउथाम्पटनमा हुने तीन दिने इन्ट्रा टिम वार्म अप खेलमा पनि कप्तानको भँमिका गर्नेछन् ।

यस्तै जोस बटलर पहिलो टेस्टका लागि उपकप्तान हुने पक्का भएको सिल्भरवुडले जनाए । उनी विकेटकिपरको भँमिकामा पनि रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्