तीन सय ५० वटा हात्ती मृत अवस्थामा भेटिए



एजेन्सी ।

दक्षिणी अफ्रिकी मुुलुक बोत्सवानामा तीन सय ५० वटा हात्ती मृत अवस्थामा भेटिएका छन् ।

मे महीना यता ठूलो संख्यामा हात्तीहरु मृत भेटिएको बताइएको छ । ती हात्तीहरु कसरी मरे भन्ने बारे भने केही खसल्न नसकेको अफ्रिकी अधिकारीले बताएका छन् । मृत हात्तीको शव परीक्षण भइरहेको जनाइएको छ । परीक्षणपछि मात्र हात्तीको मृतयु बारे प्रस्ट हुने अफ्रिकी अधिकारीले बताएका छन् ।

गत वर्ष पनि त्यहाँ एक सय हात्ती मृत भेटिएका थिए।

प्रतिक्रिया दिनुहोस्