प्रहरी नै सिरियल किलर



लसएन्जेल्स,एजेन्सी ।

‘ गोल्डन स्टेट किलर ’ को उपनामले पनि कुख्यात अमेरिकी जोसेफ डि एन्जेलोले आफुलाई मृत्युदण्बाट बचाउने वकिलहरु समक्ष समक्ष पैसा लिएर १३ जना मानिसको हत्या गरेको स्विकारेका छन् ।

सत्तरी र असीको दशकमा सो अपराध गर्दा उनी क्यालिफोर्नियाली प्रहरी अधिकारी थिए । आनुवंशिक ववेसाइटमा पाइएको उनको डिएनए मार्फत उनलाई सन् २०१८ मा गिरफतार गरिएको हो ।

साक्रामेन्टोको एउटा युनिभर्सिटीको ठूलो बलरुममा भएको उनको सुनवाईमा पिडित र तिनका परिवारका सदस्यहरुलाई पनि उपस्थित हुने अनुमति दिइएको थियो । उनले ठूलो संख्यामा वलात्कार , लुटपाट लगायत अन्य अपराधहरु पनि गरेको स्विकारेका छन् ।

७४ वर्षिय डि एन्जेलोलाई आगामी अगष्टमा दोश्रो सुनुवाईपछि आजिवन कारवास सुनाइने अनुमान गरिएको छ । सत्तरीको दशक देखि उनले गरेका अनुसन्धान माथि विश्वको ध्यान आकर्षण हुने गरेको थियो ।

ति अपराधहरु भिसलिया ¥यास्याकर , डायमन्ड नट किलर , ओरिजनल नाइट स्टकर र इस्ट एरिया रेपिस्टबाट भएको हुनुपर्ने अनुमान गरिएको थियो । पछि आएर मात्र प्रहररी अधिकारीहरु ति सबै नामका एकै व्यक्ति डि एन्जेलो भएको पत्ता लगाएको थिए । उनी भियतनाम युद्धको योद्धा तथा अटो मेकानिक पनि थिए ।

प्रतिक्रिया दिनुहोस्