साढे ४० करोड राजश्व छली गरेको भन्दै मुद्दा



न्युज अफ नेपाल,काठमाडौं ।

नक्कली बिल बिजक जारी गरेको आरोपमा राजश्व अनुसन्धान विभागले ४० करोड ६१ लाख बिगो दाबी सहित फर्म तथा भारतीय नागरिक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायरा गरेको छ ।

विभागले काठमाडौं महानगरपालिका २५ स्थित रहेको न्यू सागर प्लास्टिक कन्सर्नका प्रोप्राइटर सञ्जु किजु र सागर किजु विरुद्ध ६ करोड ८२ लाख रुपैयाँ राजस्व छली गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

त्यतै बिकोईरस्काईरबंगलामुखी जेभीका सञ्चालक साझेदार रोशनकुमार श्रेष्ठ समेतले ८ करोड १ लाख राजस्व छलि गरेको भन्दै विभागले मुद्दा दर्ता गरिएको छ।

यसैगरी भारत कर्नाटक राज्य बस्ने ४२ वर्षीय अब्दुल मजिद अनेकल र रोशन भनिने लक्मान्युल हकिमले ६ किलो २ सय ८९ ग्राम ३५० मिलिग्राम सुन चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोपमा ४ करोड २२ लाख रुपैयाँ बिगो कायम गरी गत जेठ ११ गते उच्च अदालत हेटौँडामा मुद्दा दर्ता गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्