टिपरको ठक्करले वन रक्षकसहित दुईको निधन



मोतीराम तिमल्सिना,काभ्रे ।

डिभिजन बन कार्यालयमा काम सकेर फर्कैदै गरेका सब डिभिजन बन कार्यालय कटुञ्जे रोशीका वन रक्षक बेदप्रसाद कोईराला र उनका दाजुलाई टिपरले ठक्कर दिँदा घटनास्थलमै निधन भएको छ । वा ३६ प ५०५२ नम्वरको मोटरसाईकललाई बनेपाबाट रविओपी जाँदै गर्दा बा ४ छ ६३८६ नम्वरको टिपरले धुलिखेल नगरपालिका वडा नम्वर २ रविओपीको ढुँडाुमुखमा ठक्कर दिएको थियो ।

ठक्करबाट घटनास्थलमै वन रक्षक ५० बर्षिय बेदप्रसाद कोईराला र उनका दाजु ५५ बर्षिय गोर्बद्धन कोईरालाको निधन भएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले बताउनु भयो । उनिहरु दुबैलाई बनेपाको शिर मेमोरियल अस्पतालमा राखिएको छ ।

ठक्कर दिने टिपर चालक फरार छन् । टिपरले ग्राभेल बोकेर रविओपी तर्फ जाँदै गरेको स्थानीय निरञ्जन गेलालले बताउनु भयो । कोईरालाद्धय दुबै धुलिखेल २ रविओपीका स्थायी बासिन्दा हुन् । प्रहरीले टिपर चालकको खोजी भईरहेको जनाएको छ । स्थानीयले लार्पवाहि गरी चलाउने टिपर चालकलाई कडा कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्