यस्तो आयो सुशान्तसिंहको भिसेरा रिपोर्ट



न्युज अफ नेपाल, मुम्बई ।
बलिउड अभिनेता सुशान्तसिंह राजपुतको भिसेरा रिपोर्ट आएको छ। उनको मृत्युलाई लिएर धेरैले हत्या भनेको थियो । यसअघि उनको अन्तिम पोस्टमार्टम रिपोर्ट आएको थियो ।

त्यस रिपोर्ट अनुसार उनको निधन आत्महत्या अर्थात झुण्डिएर भएको प्रष्ट भईसकेको छ । भिसेरा रिपोर्टले सुशान्तको शरीरमा कुनै पनि नशालु र विषालु पदार्थ नभएको देखाएको छ।

भिसेरा रिपोर्टका लागि मृतकको पेटभित्रबाट स्याम्पल लिइन्छ। जसबाट शरीरमा कुनै नशालु वा विषालु पदार्थ थियो कि थिएन भन्ने पत्ता लाग्छ। सुशान्तले जुन १४ मा मुम्बईस्थित आफ्नो घरमा फाँसी लगाएर आत्महत्या गरेका थिए।

प्रतिक्रिया दिनुहोस्