सिरियन जनताको जीवनस्तर उकास्न कतारले सय मिलियन अमेरिकी डलर दिने



दोहा ।

कतारी अमिर शेख तमिम विन हमाद अलथानीको निर्देशन बमोजिम उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री शेख मोहम्मद विन अब्दुल रहमान अलथानीले सिरियालाई सय मिलियन अमेरिकी डलर प्रदान गर्ने घोषणा गर्नुभयो ।

सिरिया लगायत त्यस क्षेत्रकोसहयोग सम्बन्धी ब्रसेल्समा भएको भिडियो कन्फरेन्समा सहभागी भएको समयमा उपप्रधान एवं परराष्ट्र मामिला मन्त्रीअलथानीले सिरियन जनताके जीवनस्तर सहज बनाउंन सहयोग गर्ने घोषणा गर्नुभएकोहो ।

भिडियो कन्फरेन्समाउपप्रधान एवं परराष्ट्र मामिला मन्त्रीअलथानीलेमानवीय एवं भातृत्व भावना कायम राख्दै सिरियाको लागि सहयोग गर्न लागेको तथा वास्तवमा सिरियाकै लागि कतारले दुइ विलियन भन्दा बढी नै सहयोग गरेको स्मरण गर्नुभयो ।

उहांले सिरियाली जनतालाईसहयोग गर्नु मानवीय कर्तव्य तथा उत्तरदायित्व समेत भएको बताउंनुभयो । उपप्रधान एवं परराष्ट्र मामिला मन्त्रीअलथानीले सिरियाको संकट समाधानको लागि कतार सरकारले जेनभा महासन्धि २०१२ अनुसार अन्तर्राष्ट्रिय स्तरमा राजनीतिक पहल समेत गरिरहेको जानकारी दिनुभयो ।

संकटकै घडीमा सिरियली जनताले कोरोना महामारीको समेत सामना गर्नुपररेकोले सहयोगआवश्यकता रहेको बताउंनुभयो । उपप्रधान एवं परराष्ट्र मामिला मन्त्रीअलथानीलेभिडियो कन्फरेन्सलाई संवोधन गर्दैयुरोपियन युनियन तथा संयुक्त राष्ट्ररसंघलाईकन्फरेन्सआयोजना गरेकोमाधन्यवाद दिनुभयो ।

उहांले विश्वनै मानवीय संकट वेहोरिरहेको अहिलेको अवश्थामा सिरियन जनताले सामान्य मानवीय आवश्यकता जस्नै गांस वास कपास नै पाएका छैनन् । उनीहरूले स्वच्छ खानेपानीबाट समेत बञ्चित हुनुपरेको भन्दै यस्तो कठीन परिस्थितिमा सिरियन जनताले आधारभुत शिक्षा, स्वास्थ्यमा पनि पहुंच पाएका छैनन् ।

हामी कस्तो भविष्यको कल्पना गररहेका छै जवकी सिरियाका कलिला नानीहरू नरसंहार, बम आंतकका बीच हुर्किरहेका छन् । उपप्रधान एवं परराष्ट्र मामिला मन्त्रीअलथानीले भिडियो कन्फरेन्स मार्फत आंतकबादके अन्त्य तथा अमानवीय व्यवहार अन्त्य गर्दै एक भएर जुट्न सबैलाईआग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्