मेस्सीले हाने सात सय गोल

सात सय गोल हान्ने उनी विश्वमा दोस्रो खेलाडी



न्युज अफ नेपाल, काठमाडौं ।
बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्नो खेल जीवनमा सात सयौं गोल पूरा गरेका छन । एट्लेटिको मड्रिडविरुद्धको गएरातीको खेलमा ला लिगामा गोल गरेपछि मेस्सीले सात सय गोल पूरा गरेका हुन् ।

यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ७०० गोल पुर्याएका थिए । ला लिगाको खेलमा एट्लेटिकोसँग दुई दुई गोलको बराबरी खेल्दा बार्सिलोनाका लागि मेस्सीले एक गोल पेनाल्टीमा गरेका थिए ।

जुन गोल उनका लागि करियरको सात सयौं गोल बन्यो । मेसीले कुल गोलमा ६३० गोल बार्सिलोनाका लागि र ६० गोल राष्ट्रिय टिमको जर्सीमा गरेका छन् । अर्जेन्टिनाका समेत कप्तान रहेका मेस्सी सात सय गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन ।

प्रतिक्रिया दिनुहोस्