अफ्रिका कप अफ नेसनको मिति सर्‍यो



लन्डन, एजेन्सी ।

क्यामरुनमा तय भएको अफ्रिकी मुलुकहरुको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘अफ्रिका कप अफ नेसन’ को मिति सारिएको छ।

सन् २०२१ को जनवरीमा तय गरिएको अफ्रिका कप अफ नेसनको मिति एक वर्षपछि सारिएको छ । २०२१ को जनवरी ९ देखि फेब्रुअरी ६ सम्म हुने भनिएको यस प्रतियोगिता कोरोना भाइरस महामारीका कारण अब २०२२ को जनवरीमा मात्र हुने भएको छ ।

यस प्रतियोगिताको अन्तिम मिति र छनोटका बाँकी खेलहरुको विषयमा भने केही समयपछि निर्णय हुने ‘कन्फेडेरेसन अफ अफ्रिकन फुटबल’ ले जनाएको छ।

त्यस्तै, कन्फेडेरेसन अफ अफ्रिकन फुटबलले यसै बर्ष तय गरेको ‘वुमेन्स अफ्रिका कप अफ नेसन’ पनि रद्द गर्ने निर्णय गरेको छ । अब यस प्रतियोगिताको सट्टा २०२१ मा वुमेन्स च्याम्पियन्स लिग गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्