लकडाउनमा यौन खेलौनाको माग बढि



बोगोटा,(एजेन्सी)

कोलम्वियाका गर्सन मोन्जेले आफ्नो सेलफोन उठाउँदै गौरवका साथ आफ्नो अनलाई सेकस सप देखाए । त्यहाँ राखिएका आधा भन्दा बढि सामानमा ‘ बिक्री भइसकेको ’ भन्ने रातो ब्यानर टाँगिएका थिए ।

सेक्सो सेन्टिडो सेक्स सपमा काम गर्ने एड्रियाना म्यारिन अन्य सामानमा भाइरस मुक्तिका लागि रसयनिक पदार्थ छर्कँदै थिए ।

यो कोराना भाइरस फैलिरहेकाबेला कोलम्वियाको राजधानी वोगोटा स्थित यौन सामग्री बिक्रि हुने एउटा पसलमा देखिएको दृश्य हो ।

कोलम्वियामा कोभिड १९ को कारण पाँच साता लामो कडा लकडाउन लागु हुन्दा अधिकांश व्यापार व्यवशाय चौपट भए । तर यौन खेलौना बिक्री हुने पसरहरु भने सो अवधिमा पहिले भन्दा निकै व्यस्त देखिएका छन् ।

मोनजेले अहिले त्यहाँ यो व्यापारमा पचास प्रतिशतले वृद्धि भएकोमा खुशी प्रकट गर्दछन् । उनी भन्छन् , ‘ लकडाउनका कारण मानिसहरु घरघरमा थुनिएका छन् । कोहि पार्टनरसंग त कोहि एकलो छन् । यस्तो फुर्सतको समयमा तिनीहरु नियमित रुपमा मजजा गर्न रुचाउँछन् । त्यसैले पनि हाम्रो व्यपार बढेको हुनुपर्छ । ’

 

प्रतिक्रिया दिनुहोस्