दश वर्षीय छात्रको विश्व किर्तिमान



लन्डन,(एजेन्सी)

वेलायतका प्राथमिक बिद्यालयका एकजना दस वर्षीय बिद्यार्थीले गुणन र भागको गणितिय समस्या एक मिनेटमै हल गरेर गिनिज वल्र्ड रेकर्ड राख्न सफल भएका छन् ।

लन्ग इटन स्थित लन्गमूर प्राइभमरी स्कूलका नाडुब गिलले कोभिड १९ को लकडाउनको दौरान टाइम्स टेबुल रक स्टार्स एपमा गणितका अभ्यास गर्दै जाने क्रममा विश्व किर्तिमान कायम गरेको उनको परिवारले जनाएको छ ।

उनले १ सय ९६ वटा गुणन र भागका प्रश्न एक मिनेटमै हल गरेका थिए । यसको अर्थ उनले प्रत्येक सेकेन्डमा तीनवटा भन्दा बढि प्श्नको उत्तर दिएका थ्एि ।

सो एप मार्फत विश्व किर्तिमन राखन प्रतिस्पर्धा गर्ने अन्य करिव सात सयजना बिद्यार्थीलाई उछिन्न उनी सफल भएका हुन् । उनलाइ आधिकारीक प्रमाण पत्र प्रदान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्