कोरोना भाइरस सकिएको भन्दै पार्टी आयोजना



प्राग,एजेन्सी ।

यसै साता मात्र विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले विश्वबाट कोरोना महामारी समाप्त भइनसकेको चेतावनी दिइरहेको बेला गणतन्त्र चेकोस्लाभाकियामा भने कोरोना भाइरस सकिएको खुशीयालीमा एउटा विशाल प्रतिकात्मक बिदाई पार्टीको आयोजना गरिएको छ ।

मंगलबर राजधानीस्थित प्रागको चार्ल्सब्रिजमा ५ सय मिटर लामो टेबुलमा हजारौं व्यक्तिले आ–आफ्ना घरबाट ल्याएको खाना र पेय पदार्थ आपसमा बाँडेर खाँदै माइलो गरेका थिए ।

विश्वभरि अहिले प्रायस मुलुकमा लकडाउनको नियमको कडाइका साथ पालना भइरहेको छ । तर यस विदाई पार्टीमा सामजिक दूरीको नियम तोडेर चेक जनताले छिमेकी ,आफन्त र साथीहरुसंग खुशीयाली साँटेका थिए ।

कोभिड १९ को असर पनि तुलनात्मक रुपमा चेकोस्लाभियामा न्युन रहेको छ । एक करोड आवादी भएको यहाँ १२ हजारभन्दा कम व्यक्ति संक्रमण भएको र करिब ३ सय ५० जनाको ज्यान गएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्