कोरोनाको भयावह स्थिति आउँदै



भगवती तिमल्सिना, काठमाडौं

कोरोना संक्रमणको वृद्धिले राजनीतिमा ठूलो चलखेल गर्ने अवसर मिल्ने भएकै कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नजिकिँदै गरेको राष्ट्रपतिको निर्वाचनलाई समेत धकेल्न कोरोनाको सहारा लिँदैछन् भन्ने टिप्पणी विशेषज्ञहरूले गर्दै आएका छन् । यतिसम्म कि कोराना संक्रमितको उपचारका लागि आवश्यक पर्ने सामग्री खरिदमा समेत रोक लगाएर कोरोनाका विषयमा विश्लेषण गर्ने विशेषज्ञसमेत उनका लागि विषाक्तजस्तै भए ।

यतिबेला नेपालमा पनि त्यस्तै अवस्था सृजना भएको छ । कोरोना संक्रमणको अवस्था नियाल्ने हो भने दिन दुईगुना रात चौगुनाले बढ्दैछ । सरकार भने औषधी र उपकरण खरिदमा हुने व्यक्तिगत मुनाफाको हिसाबकिताब गर्दै कुर्सी टिकाउ राजनीतिमै अल्मल्लिएको भन्दै आम नागरिकले सडकमै ओर्लिएर विरोध गर्दासमेत गम्भीर भएर काममा लागेको महसुस जनताले गर्न पाएका छैनन् ।

नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड–१९ को संक्रमण फैलिएसँगै नेपाल सरकारले ठेक्कापट्टाका लागि एउटा एजेन्टका रूपमा व्यवहार गरिरहेको टिप्पणी सदनमै उठ्दासमेत सरकारको रबैया परिवर्तन भएको छैन ।

स्वास्थ्य मन्त्रालयको काम कहिले ओम्नी समूहलाई फाइदा दिलाउने, कहिले नेपाली सेनालाई पेन्डुलम बनाउने त कहिले फ्रन्टलाइनमा अहोरात्र आफ्नो ज्यान नै जोखिममा पारेर घरपरिवारसमेत बिर्सिई देश र जनताका लागि दिलो ज्यान दिएर खटेका स्वास्थ्यकर्मीहरूलाई स्पष्टीकरण माग्नेदेखि फेरबदल गरेर सूचनालाई लुकाउन सक्ने व्यक्तिको खोजीमै बित्दै छ ।

कोरोना संक्रमण बढ्नुको प्रमुख कारण नेपाल सरकार स्वयंको काम गर्ने तौरतरिका नमिल्नु नै रहेको विज्ञहरूको ठम्याइ छ । काम गर्नेलाई हतोत्साहित बनाउने र प्रशंसा गर्नेलाई काखी च्यापेर बस्ने सरकारको रबैयाका कारण कोरोना संक्रमणले नेपालको जनजीवन अस्तव्यस्त बनाएको जानकारहरूको ठम्याइ छ ।

सरकारको काम गर्ने शैलीमा परिवर्तन नआउने र कोरोना संक्रमणलाई सामान्य रुघाखोकी जस्तै हो भनेर हेलचेक्र्याइँ गर्दै जाने हो भने केही महिनामा नै लाखौंको संख्यामा कोरोना संक्रमित हुने सरकारकै निकायले तयार पारेको रिपोर्ट बुधबार सञ्चार माध्यममा छाएको छ ।

चीनमा सन् २०१९ डिसेम्बरमा प्रमाणित भएको कोरोना भाइरसले जनवरी अन्त्यसम्म पुग्दा त्रासदीपूर्ण अवस्था सृजना गरेको थियो । त्यतिबेलासम्म नेपालमा पनि यस्तो अवस्थामा कोरोना संक्रमण फैलिन्छ भन्ने पत्याउनै सकिन्नथ्यो । माघको ९ गते चीनबाट आएका एक नेपाली विद्यार्थीमा पनि कोरोना संक्रमण प्रमाणित भयो ।

सरकारले यो सूचना सार्वजनिक गर्नुको सट्टा लुकाउनतर्फ जोड दियो । त्यतिबेर नेपाल सरकारले नेपालमा कोरोना परीक्षण गर्ने ल्याबसमेत तयार नगरेका कारण विश्व स्वास्थ्य संगठनको समन्वयमा बैंककमा लगेर परीक्षण गरी कोरोना प्रमाणित भएको थियो । यसपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुलाई कोरोना परीक्षणयोग्य ल्याब बनाइयो । विश्व स्वास्थ्य संगठनले चीनमा कोरोना संक्रमण प्रमाणित भएदेखि नै नेपाल उच्च जोखिममा छ पूर्वतयारीमा जुट भनेकै हो । तर नेपालले खासै ध्यान दिएन र अहिले पनि जति दिनुपर्ने हो त्यति दिएको छैन भन्ने आलोचना भइरहेको छ ।

पहिलो केस प्रमाणित भएको ठ्याक्कै दुई महिनापछि चैत १० गते फ्रान्सबाट नेपाल आएकी एक १९ वर्षे नेपाली युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकार अतालिएर चैत ११ गतेदेखि देशव्यापीरूपमा विनातयारी लकडाउनको घोषणा ग¥यो । सरकारले लकडाउन गरेर जनस्वास्थ्यको हैन कुर्सी बाँडफाँडका लागि समय खच्र्यो र ठेक्कापट्टामा आफूनिकट ठेकेदार गोप्यरूपमा खोज्न उपयुक्त समय सम्झ्यो ।

विश्व स्वास्थ्य संगठनले परीक्षण परीक्षण परीक्षण भन्दै जोड दिइरहेपनि नेपाल सरकार भने पीसीआर परीक्षण गर्नुको सट्टा आरडीटी परीक्षण गरेर आम जनताको आँखामा छारो हाल्ने र झारा टार्ने काममा व्यस्त भयो । आरडीटीलाई विश्व स्वास्थ्य संगठन र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मान्यता नै दिएको थिएन । अन्ततः आरडीटी परीक्षणले खासै अर्थ राख्न सकेन र समय र धनको मात्र खती भयो भनेरसदनमै विरोध खेप्न सरकार बाध्य भयो ।

पीसीआर परीक्षणमा जोड नदिए पनि चैतको अन्तिम सातासम्म १२ जनामा मात्र कोरोना संक्रमण प्रमाणित भएको थियो । दैनिकरूपमा बढेको कोरोना संक्रमणको अवस्था हेर्दा अब सरकारको सुस्त गतिले कोरोना नियन्त्रणभन्दा कोरोना संक्रमण विस्तारलाई बाटो खोलेको आरोपप्रत्यारोप सरकारपक्षबाट नै हुन थालेको छ । एक जनामा कोरोना देखिँदा लकडाउन गर्ने सरकारले जति जति संक्रमित थपिँदैछन् उति उत्ति लकडाउन खुकुलो पार्दै आउनुले थप प्रश्न उब्जाएको छ । सरकारले दिएको तथ्यांकअनुसार एउटाबाट २२ वटा पीसीआर परीक्षण ल्याब विस्तार गरिसकेको छ तर परीक्षणको दायरा खासै बढेको पाइन्न ।

वैशाख ३१ सम्म २ सय १९ जनामा मात्र कोरोना संक्रमित प्रमाणित भएको नेपालमा जेठ १ गते सिन्धुपाल्चोककी एक २९ वर्षीय सुत्केरी महिलाको मृत्यु भयो । मृत्यु भएको तेस्रो दिनमात्र सरकारले कोरोना पुष्टि भएको जानकारी गरायो । कोरोना संक्रमितको संख्या जेठको अन्तिम साता पुग्दा सयबाट एकैपटक ५ हजार नाघ्यो । असार ११ मा पुग्दा २६ जनाको मृत्यु हुनुका साथै ११ हजार १ सय ६२ संक्रमित भइसकेका छन् ।

क्वारेन्टाइनमा रहेका व्यक्ति, संक्रमित, मृतकको अवस्थालाई नियाल्दै स्वास्थ्य मन्त्रालयकै उच्चस्तरीय समूहले भविष्यमा हुन सक्ने अवस्थाको रिपोर्ट तयार पारी मन्त्री, सचिवलगायतका जिम्मेवार निकायमा बुझाइसकेको छ । नेपालमा रहेका सरकारी तथा निजी अस्पतालहरूको तथ्यांकअनुसार १ हजारको हाराहारीमा भेन्टिलेटर रहेको र लेखाजोखा भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । यतिबेला प्रदेश नं ५, २ र ६ मा बढी संक्रमित छन् भने भारतबाट र तेस्रो मुलुकबाट आएकामा नै कोरोना संक्रमण बढी भएको पाइएको छ । भारतमा कलकारखाना खुलेकाले अब कामदार आउने क्रम कम हुन सक्ने अनुमान स्वास्थ्य मन्त्रालयले गरेको स्रोतले जनाएको छ ।

सरकारले कोरोना संक्रमणले नेपाल र आम नेपालीलाई ठूलो चपेटामा पारेको र भोलिका दिनमा अझ भयावह स्थिति आउँदैछ भन्ने बारेमा जानकारी पाएको छैन भन्न सकिने अवस्था छैन । भर्खरै सार्वजनिक भएको आयो मेल खबरको बिटो नामक अनलाइनमा पत्रकार दीपक दाहालद्वारा बुधबार सम्प्रेषित खबरले प्रस्ट पार्छ ।

आयो मेलको खबर जस्ताको तस्तैः असोजमा कोरोना संक्रमित ३ लाख ७६ हजार पुग्ने पिकमा साउन २५

पछिल्ला साताहरू जस्तै ‘अति खराब’ गतिमा कोरोना भाइरसको संक्रमण फैलिए नेपालमा संक्रमित संख्या असोजसम्म ३ लाख ७६ हजारभन्दा बढी पुग्ने सरकारको आकलन छ ।

सरकारको यो प्रक्षेपण अहिलेसम्म बाहिर आएको छैन। स्वास्थ्य मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूले समेत हेर्न नपाएको ‘अति गोप्य प्रक्षेपण प्रतिवेदन’को आँकडा हाराहारीमै हालको संक्रमण दर रहेको भेट्न सकिन्छ ।
उक्त प्रक्षेपणलाई आधार मान्ने हो भने असारभित्रै कुल संक्रमित संख्या ७४ हजार ४ सयसम्म पुग्न सक्छ। यही अवधिमा आइओलेसन, आईसीयू उपचार र भेन्टिलेटर चाहिनसक्ने गरी भाइरस सक्रिय अवस्था भएका (एक्टिभ केस) नै ३९ हजार २ सय ५७ पुग्न सक्छ ।
जेठ मध्यसाता तयार गरिएको प्रतिवेदनले असार १ गते कुल संक्रमित संख्या ६ हजार ३ सय ४६ पुग्ने अनुमान गरेकामा त्यस अवधिका ६ हजार २ सय ११ जना संक्रमित पुष्टि भएको थियो ।

सरकारका केही मन्त्री, केही सचिव र सेनाका केही उच्च अधिकारीलाई मात्र सर्कुलर गरिएको उक्त प्रतिवेदनमा अति खराब अवस्था कायम रहँदा र सामान्य अवस्थामा कुल संक्रमितको संख्या कतिसम्म पुग्नसक्छ र तीमध्ये कति एक्टिभ केस हुनसक्छन् भन्ने आकलन गरिएको छ ।

जेठ मध्यसाता तयार गरिएको प्रतिवेदनले असार १ गते कुल संक्रमित संख्या ६ हजार ३ सय ४६ पुग्ने अनुमान गरेकामा त्यस अवधिका ६ हजार २ सय ११ जना संक्रमित पुष्टि भएको थियो।

परीक्षण दायरा पर्याप्त वृद्धि गर्न नसकिएका कारण शुरूका दिनमा संक्रमित संख्या केही सयले फरक परिरहेको थियो। तर सरकारको घोषणाअनुसार दैनिक १० हजार नमुना परीक्षण हुने हो भने प्रक्षेपणअनुसारकै संक्रमित संख्या देखिने उच्च सरकारी अधिकारीहरू बताउँछन्।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि शनिबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा असार अन्तिमसम्म संक्रमित संख्या ४० हजार पुग्ने बताएका थिए । उनले त्यही आधारमा सरकारले तयारी गरिरहेको जनाएका थिए ।

तर, मन्त्रीले दिएको संख्या एक्टिभ केसको हो, जुन सरकारको गोप्य प्रक्षेपणमै आधारित देखिन्छ ।
प्रतिवेदनमा अहिलेको संक्रमण, जटिलता दर वृद्धि हुँदा केकस्तो व्यवस्था हुनुपर्छ भन्नेसमेत प्रक्षेपण गरिएको छ। कोभिड–१९ जस्ता महामारीमा अन्तर्राष्ट्रिय अनुभवसँगै स्थानीय संक्रमणको दर गणितीय र अन्य आधारमा आकलन गरिन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले शुरूमा ४ हजार ५ सयसम्म संक्रमित आउन सक्छ, ३ सय जतिलाई सघन उपचार चाहिएला भन्ने आकलनका आधारमा तयारी गरेको जानकारी गराए ।

डा. पाण्डेले भने–‘अहिले परिस्थिति अर्कै ढंगले विकसित भएको छ। बाहिरबाट यसरी अनियन्त्रितरूपमा संक्रमित आउलान् भन्ने नै थिएन। अनुमानभन्दा विपरीत ढंगले संक्रमित थपिएको छ ।’

निर्देशक डा. पाण्डेले असोजसम्म ४ लाख हाराहारीमा संक्रमित पुग्छन् भन्ने आकलनसहितको प्रतिवेदन आफूले नपाएको बताए ।

तर स्वास्थ्यमन्त्री निकट स्रोतले चाहिँ उक्त प्रतिवेदन मन्त्री र सचिवको तहमा मात्रै सीमित राखेर तयारी भइरहेको बतायो । स्रोतका अनुसार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्राविधिक टोली र मन्त्रालयले गरेको प्रक्षेपणकै आधारमा ‘कोभिड–१९ महामारी व्यवस्थापनका लागि भौतिक स्रोतको पहिचान तथा जनशक्ति मार्गदर्शन’समेत तयार पारिएको छ ।

अहिलेभन्दा अवस्था थप खराब हुँदा पनि करिब ८० प्रतिशतलाई होम आइसोलेसनले पुग्ने, १५ प्रतिशतलाई आइसोलेसन र ५ प्रतिशतलाई आईसीयू तथा भेन्टिलेर आवश्यक पर्नसक्ने प्रक्षेपणले देखाएको छ ।

संक्रमण शीर्षबिन्दु (पिकप्वइन्ट)मा पुग्दासम्म संक्रमित सबैलाई अक्सिजन सपोर्ट चाहिन सक्नेको सूचीमा राखेर अन्य तयारी गर्नुपर्ने प्रक्षेपण प्रतिवेदनले दर्शाउँछ ।

कोभिड–१९ संक्रमण विस्तारदेखि उच्च तहमा पुग्दासम्म अहिले अवस्थामा ३ हजार हाराहारीको डेडिकेटेड बेड चाहिन्छ । तीमध्ये २ सय ५० वटा भेन्टिलेटर र २ हजार ७ सय अक्सिजन थेरापी चाहिन्छ ।

कोभिड–१९ संक्रमण विस्तारदेखि उच्च तहमा पुग्दासम्म अहिले अवस्थामा ३ हजार हाराहारीको डेडिकेटेड बेड चाहिन्छ । तीमध्ये २ सय ५० वटा भेन्टिलेटर र २ हजार ७ सय अक्सिजन थेरापी चाहिन्छ ।
अस्पताल भर्ना गरेकामध्ये पनि १ हजारभन्दा बढीलाई निरन्तर अक्सिजन सपोर्ट दिनसक्ने उपकरण (ईसीएमओ)सहितको बेड, ५ सयभन्दा बढीलाई मोनिटरसहितको सेवा चाहिने देखिन्छ । २ सय५० जनालाई त भेन्टिलेटरमै राख्नुपर्छ ।

९० हजार हाराहारीमा भाइरस एक्टिभ केस पुग्दाको अवस्थामा झन्डै ८ सय हाराहारीमा अस्पताल भर्ना भएकाहरू हुने आकलन विज्ञहरूले गरेका छन् ।

प्रक्षेपण प्रतिवेदनका अनुसार साउन २५ गतेसम्म संक्रमित संख्या निरन्तर बढेर कुल संख्या २ लाख ५१ हजार २ सय ९६ पुग्दा भाइरस सक्रिय भएका संक्रमितको संख्या ९१ हजार १ सय २५ हाराहारीमा रहनेछ ।
रोग फैलावट सामान्य अवस्थामा रहेमा भदौ १ गते हाराहारीमा ३९ हजार ५ सय ५१ संक्रमितमा भाइरस एक्टिभ भएको र कुल संक्रमितको संख्या १ लाख १६ हजार ४ सय २९ हुनेछ ।

अहिलेकै गतिमा संक्रमण दर रहने र अति खराब अवस्था कायम रहँदा भने भदौ १ मा कुल संक्रमित संख्या करिब २ लाख ९६ हजार र एक्टिभ केस झन्डै ८५ हजार पुग्ने आकलन छ ।
अहिलेकै गतिमा संक्रमण दर रहने र अति खराब अवस्था कायम रहँदा भने भदौ १ मा कुल संक्रमित संख्या करिब २ लाख ९६ हजार र एक्टिभ केस झन्डै ८५ हजार पुग्ने आकलन छ ।
भदौ महिनामा चाहिँ संक्रमण दर घट्ने देखिन्छ । भदौ शुरूवातमा ८५ हजार हाराहारीमा पुग्ने एक्टिभ केस

महिनाको अन्त्यमा चाहिँ ३० हजार हाराहारीमा झर्ने आकलन छ ।
संक्रमणको गति सामान्य रहँदा पनि भदौ अन्तिमसम्म करिब एक्टिभ केस २० हजार ९ सय २४ र कुल संक्रमित १ लाख ६७ हजार २ सय २४ पुग्नेछ ।
असोज अन्तिममा ४ लाख हाराहारीमा संक्रमित पुग्दा एक्टिभ केसचाहिँ७ हजार १ सय हाराहारीमा रहनेछ । यो अति खराब स्थितिको प्रक्षेपण हो । सामान्य अवस्थामा चाहिँ १ लाख७९ हजार १ सय २३ संक्रमित र ६ हजार ४३ एक्टिभ केस हुनेछ ।
प्रक्षेपण प्रतिवेदनका आधारमा सरकारले बनाएको योजनाअनुसार उद्धार गरी त्रिभुवन विमानस्थल र स्थलमार्गबाट ल्याइएकामध्ये लक्षण देखिएकालाई सीधै आइसोलेसन एवं लक्षण नदेखिएकालाई सम्बन्धित स्थानीय तहको जिम्मामा आइसोलेसन सेन्टर पठाइने छ ।
लक्षण नदेखिए पनि कुनै दीर्घरोग भएकालाई स्वास्थ्यकर्मीको निगरानीमा अहिलेकै क्वारेन्टाइनभन्दा आइसोलेसन सेन्टर बनाएर राखिनेछ ।
सरकारले यसअघि नै संक्रमित संख्या बढोत्तरीसँगै लक्षण नदेखिएकालाई अस्पतालमा नराखी घर वा समुदायस्तरमै राख्ने नीति सार्वजनिक गरिसकेको छ ।
त्यसअनुसार होम क्वारेन्टाइन र आइसोलेसनमा रहेका व्यक्तिको स्वास्थ्य निगरानीका लागि प्रत्येक वडा तहमा प्यारामेडिक एक, नर्सिङ स्टाफ एक, स्वास्थ्य परिचारिका दुई र एक सहयोगीसहित पाँचजना जनशक्ति खटाउने योजना बनाएको छ ।
त्यसअनुसार होम क्वारेन्टाइन र आइसोलेसनमा रहेका व्यक्तिको स्वास्थ्य निगरानीका लागि प्रत्येक वडा तहमा प्यारामेडिक एक, नर्सिङ स्टाफ एक, स्वास्थ्य परिचारिका दुई र एक सहयोगीसहित पाँचजना जनशक्ति खटाउने योजना बनाएको छ ।
५० बेडसम्मको आइसोलेसनका लागि एक चिकित्सक, नर्स र प्यारामेडिक्ससमेतको स्वास्थ्य जनशक्ति खटाउनुपर्ने योजना छ ।
त्यसैगरी २ सय बेडको सामूहिक क्वारेन्टाइनका लागि प्यारामेडिक्सको नेतृत्वमा ५, ५ सय बेडसम्मको क्वारेन्टाइनका लागि ७ जना र सोभन्दा माथिका बेड क्षमताका क्वारेन्टाइनका लागि १० जना स्वास्थ्य जनशक्ति खटाउनुपर्ने हुन्छ ।
मन्त्रालयले क्वारेन्टाइन र आइसोलेसनका लागि केन्द्र तथा प्रदेश सरकारको आर्थिक, प्रशासनिकसहित अन्य समन्वयमा जिम्मेवारीसमेत यकिन गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्