के हो आश्वा प्रणाली ?



सार्वजनिकरुपमा निष्कासन भएको धितोपत्र खरिदको आवेदन दिँदा लगानीकर्ताको बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाटै माग गरिएको धितोपत्रको मूल्य बराबरको रकम रोक्का राख्ने र बाँडफाँडमा परेको धितोपत्रको मूल्य बराबरको रकम मात्र आवेदकको खाताबाट खिच्ने प्रणालीलाई आश्वा प्रणाली भनिन्छ ।

अर्थात् सार्वजनिकरुपमा निष्कासन गरिएको धितोपत्रमा बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खाताबाट नै सोझै लगानी गर्न सक्ने प्रणाली नै आश्वा प्रणाली हो ।

यस प्रणालीबाट धितोपत्रमा लगानी गर्दा विगतमा जस्तो शेयर आवेदन दिन धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले तोकेको निश्चित संकलन केन्द्रमा गइरहनुपर्दैन ।

नेपाल धितोपत्र बोर्डबाट आश्वा सेवा प्रदान गर्न अनुमति लिएका बैंकमा खाता खोली आफूले चाहेको रकमको धितोपत्र खरिदको आवेदन दिन सकिन्छ ।
– मनोज माझी, काठमाडौं ।

 

 

प्रतिक्रिया दिनुहोस्