प्रधानमन्त्री ओलीले राजीनामा माग्नेलाई प्रतिकार गर्ने



न्युज अफ नेपाल, काठमाडौँ ।

आफ्नै पार्टीभित्रबाट चौतर्फी घेराबन्दीमा परेका प्रधानमन्त्री केपी शर्मा ओली एकाबिहानैदेखि मन्त्रीपरिषद्का सदस्यहरुसँग छलफल र परामर्शमा जुटेका छन् ।

बिहानैदेखि प्रधानमन्त्रीले आफू निकट मन्त्री, स्थायी कमिटी सदस्य र मुख्यमंत्रीसँग बालुवाटारमा आगामी रणनीतिका बारेमा छलफल गरेका छन् ।

राजीनामा माग्ने स्थायी कमिटीका सदस्यलाई कसरी प्रतिकार गर्ने भन्ने बारेमा छलफल गरेका हुन।

प्रतिकूल अवस्थामा डटेर सामना गर्न तयार हुनुपर्ने, जस्तोसुकै चुनौती सामना गर्न तयार रहेको बारे छलफल केन्द्रित रहेको बताइएको छ।

अहिले केहीबेर पछि बस्ने स्थायी समिति बैठक अघि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विपक्षीहरुमाथि कसरी प्रस्तुत हुने भन्ने बारेमा स्थायी कमिटी सदस्य र आफूले समेत तयारी गरेको बताएको छ ।

स्रोतका अनुसार यसबारेमा ओलीले राष्ट्रपतिसँग समेत परामर्श लिनुभएको छ । स्थायी कमिटीको बैठकमा आफू आफू अल्पमतमा पर्ने देखेपछि ओलीको सक्रियता बढेको छ । साथै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको पनि क्रियाशीलता छ ।

प्रतिक्रिया दिनुहोस्