पर्यटकीय विकास गर्न दुईवटा पूर्वाधार



नेपाल समाचारपत्र, पाल्पा

पाल्पा जिल्ला सदरमुकाम तानसेनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि दुईवटा पर्यटकीय पूर्वाधारको शिलन्यास गरिएको छ ।

नेपालको भूगोल जोगाउने, राष्ट्रियताको रक्षा गर्ने र स्वाधीन नेपालका निम्ति आधुनिक हतियारले सुसज्जित अंग्रेजलाई परास्त गर्ने नेपाली सेनाका कर्णेल थापाको योगदानको कदर गरेर उद्यान निर्माणमा प्राथमिकता दिइएको सांसद सोमप्रसाद पाण्डेले बताउनुभयो ।

तानसेन नगरपालिकाको वडा नं ६ र वडा नं ३ श्रीनगर डाँडामा उद्यान र तानसेन लेखिएको इलेक्ट्रोनिक होर्डिङ बोर्ड बन्ने भएका हुन् ।

तानसेन नगरपालिका–६ सतनचुलीमा नेपाल–अंग्रेजबीच नुवाकोट जितगढीमा भएको युद्धमा नेपाललाई विजय दिलाउने युद्धनायक कर्णेल उजिरसिंह थापाका नाममा उद्यान निर्माण हुन लागेको हो ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु. ५० लाख बजेट विनियोजन गरेबाट पूर्वाधारका काम भइरहेको छ । आर्थिक वर्ष २०७६÷०७७ बजेटबाट सो काम भइरहेको छ । असार मसान्तसम्म उद्यान निर्माण पूरा हुने तानसेन नगरपालिकालका इन्जिनियर रामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा तत्कालीन संविधानसभा सदस्य नारायणी शर्मा, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख मीरा मरासिनी, प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, नेकपाका नेता धनेन्द्रराज घिमिरे, नेपाली कांग्रेसका विधान श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका विशाल दर्लामीले बर्तुङमा उद्यान निर्माण हुनु सुखद् पक्ष भएको बताउनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्