एकैदिन विश्वभर १ लाख ७० हजार बढी नयाँ संक्रमित थपिए



न्युज अफ नेपाल, काठमाडाैँ ।

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५ लाख ७४ हजार ३ सय ९८ पुगेको छ। मंगलबार एकैदिन विश्वभर १ लाख ७० हजार ९ सय ६ जना नयाँ संक्रमित थपिँएका हुन ।

कोरोना संक्रमणका कारण हालसम्म विश्वभर मृत्यु हुनेको संख्या ५ लाख १३ हजार १ सय १४ पुगेको छ।

भारतमा ५ सय ६ जनाको मृत्यु भएको छ भने १८ हजार २ सय ५६ जना नयाँ संक्रमित भेटिएका छन्। भारतमा कोरोना संक्रमणबाट हालसम्म १७ हजार ४ सय १० जनाको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या ५ लाख ८५ हजार ७ सय ९२ पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्