राष्ट्रपती ट्रम्पविरुद्ध पक्राउ पुर्जी



तेहरान,एजेन्सी ।

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध पक्राउ पुर्जि जारी गर्दै उनलाई पक्रन इन्टरपोलको सहयोग माग गरेको छ । ट्रम्प लगायत अन्य दजनौं व्यक्ति विरुद्ध ड्रोन विमानबाट आक्रमण गराई इराकको राजधानी बगदादमा इरानी जनरल कास्सेम सुलेमानीको हत्या गराएको अभियोग लगाइएको छ ।

इरानको अर्ध सरकारी समाचार निकाय इस्नाका अनुसार इरानका सरकारी वकिल अलि अल्कासिमेरले सोमवार ट्रम्प र अन्य ३० जना भन्दा व्यक्तिलाई गत ३ जनवरीको सुलेमानीको हत्यामा संलग्न रहेको आरोप लगाएका छन् । आरोपितहरुले हत्या र आतंकवादको अभियोगको सामना गनुपर्ने बताइएको छ ।

तर फ्रान्सको लियान स्थित इन्टरपोलको कार्यालयले भने एक विज्ञप्ति जारी गर्दै आफ्नो संविधानले कुनै राजनीतिक , सैनिक , धार्मिक वा जातिय पात्र विरुद्ध हस्तक्षेप गर्न रोक लगाएको स्पष्ट पारेको छ । इरानले भने ट्रम्पलाई पदमा नरहँदा सम्म पनि कारवाही गर्न नछोडिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्